
१८ वर्ष पुगेका सबै नागरिकले अनिवार्य सैन्य तालिम लिनुपर्ने अडानमा रहेको एमाओवादी ‘राज्यलाई आवश्यक पर्दा’ नागरिकहरु राज्यको आह्वानमा सहभागी बन्नुपर्ने भन्ने व्यवस्थामा सहमत भएपछि अनिवार्य तालिम नराखिएको हो ।
यसअघि एमाओवादी त्यस्तो तालिम दिनुपर्ने र कांग्रेस–एमाले सैन्य तालिम दिन नहुने पक्षमा थिए ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अब बाँकी सबै विवादित विषयमा सहमति जुट्ने आशा पलाएको बताए ।
एमाओवादी नेता शक्ति बस्नेतले अघिल्लो संविधानसभामको राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा सहमति जुटेको बताए ।