काठमाडौं- एसएलसी परीक्षाको नजिता आज प्रकाशित हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज साँझ ५ बजे परीक्षफल प्रकाशित हुने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार नतिजा प्रकाशित गर्न अन्तिम तयारी भइरहेको छ।यस वर्षको एसएलसी परीक्षामा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएका छन्। जसमध्ये नियमिततर्फ चार लाख १९ हजार ३ सय ५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७ सय३३ जना सहभागी छन्। परीक्षा नियन्त्रण कार्यलय नियमावलीमा ९० दिनभित्र परीक्षफल प्रकाशित गर्ने उल्लेख छ।
