Headlines News :
fb
Home » , » टेरिया भन्छिन् ‘हिम्मत नहार्नु, एकदिन सफल भइन्छ’

टेरिया भन्छिन् ‘हिम्मत नहार्नु, एकदिन सफल भइन्छ’

भारतको टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्सको उपाधी जित्न सफल नेपाली बालिका टेरिया मगरलाई बधाई र शुभकामना थाप्न भ्याईनभ्याई छ ।
अहिले पनि भारतमै रहेकी ११ वर्षकी टेरिया शनिबार काठमाडौं फर्किंदैछिन् । काठमाडौंमा उनलाई विशेष सम्मान गर्ने तयारी छ । काठमाडौंमा सम्मान थापेपछि उनी रुपन्देही रुद्रपुरको आफ्नो घर जानेछिन् । टेरिया मुम्बईमै रहेको बेला उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले टेलिफोनमा गरेको कुराकानी:
सबैभन्दा पहिले त टेरियालाई धेरै धेरै बधाई
धन्यवाद । तपाईंहरु सबैको सहयोगले म यहाँसम्म पुग्न सफल भएँ । मलाई भोट दिने, माया गर्ने, साथ दिने सबैलाई धेरै धेरै धन्यवाद छ । फाइनल हुनु पहिले काठमाडौं आएर फर्कंदा पनि मैले भनेको थिएँ–मलाई भोट दिनुहोस्, देशको नाम चिनाउने छु भनेर । तपाईंहरुले भोट दिनु भो । मैले देशको नाम रोशन गरेजस्तै लागेको छ ।
टेरिया कहिले आउँछिन् भनेर शुभचिन्तकहरु पर्खेर बसेका छन् नि ?
छिटै आउन खोजेको मिलेन । यहाँ अरु कार्यक्रममा पनि सहभागी हुनुपर्‍यो । अब शनिबार फर्कन्छु । सबैलाई भेट्छु ।
भारतमा यति ठूलो उपाधी हात पार्न सफल भएकोमा कस्तो लागिरहेको छ ?
निकै खुशी लागेको छ । अडिसन दिन आएदेखि नै मलाई टप टेनसम्म पुग्छु भन्ने लागेको थियो । टपटेनमा पनि पुगें । टप फाइभमा पुगें । अनि फाइनमा पुगें । त्यति मात्र होइन, उपाधी नै जितें । निकै खुशी लागेको छ । सोचेको जस्तै भयो ।
उपाधीको अन्तिम घोषणा हुने बेला कस्तो लागेको थियो ?
निकै डर लागेको थियो । पक्कै मैले नै उपाधी जित्छु भन्ने त पहिले पनि लागेको थियो । तर उपाधी कसले जित्छ भनेर घोषणा भैरहँदा, पर्खि
रहँदा निकै छटपटी भयो । उकुसमुकुस भयो । जब उपाधीको घोषणा भयो, अनि त खुशीको सीमा नै रहेन ।

उपाधी जितेपछि प्रतिष्पर्धी साथीहरु, अनि निर्णायकहरुले के भने ?

सबैले बधाई दिए । नेपाल पनि राम्रो, नेपाली पनि राम्रा, नेपालकी छोरी पनि राम्रो भने ।
उपाधीसँगै जितेको १० लाख रुपैया के गर्छौ ?
खै के गर्छु के थाहै छैन ।
अब त सबैले चिने । सांगीतिक कार्यक्रममा बोलाउलान् । सबैतिर समय दिन भ्याइन्छ ?
भ्याएसम्म जान्छु । तर पहिले त मैले पढाई पूरा गर्नुपर्छ ।

तिमीजस्तै प्रतिभाहरु गाउँठाउँमा अरु पनि होलान् । जसले अवसर पाउन सकेका छैनन् । उनीहरुलाई के भन्छौ ?
मजस्तै साथीहरु पक्कै पनि हुनुहुन्छ । उहाँहरुलाई भन्छु कि कहिल्यै हिम्मत नहार्नु । नडराउनु । यस्तै कार्यक्रम भएको ठाउँमा जानु । भाग लिनु । हिम्मत नहारे, नडराए सफलता पक्कै हात लाग्छ । अनि अभिभावकहरुले पनि आफ्ना छोराछोरीलाई यस्ता कार्यक्रममा लगेर प्रतिभा देखाउने अवसर दिनुपर्छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar