Headlines News :
fb
Home » , » युवा फुटबलर विमल भन्छन्-अव युरोपमा खेल्न सक्छु

युवा फुटबलर विमल भन्छन्-अव युरोपमा खेल्न सक्छु

१८ जेठ, काठमाडौं । नेपाली युवा फुटबलर विमल घर्ति मगरले आफू युरोपमा फुटबल खेल्न सक्ने बताएका छन् । बेल्जियमको एन्डरलेक्ट फुटबल क्लबमा प्रशिक्षण लिएर फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुराकानी गर्दे विमलले भने-’मैले राम्रो गरेँ जस्तो लाग्छ । कोचले पनि राम्रो व्यवहार गर्नुभो । मैले इम्प्रस गरे जस्तो लाग्छ ।’
एन्डरलेक्टमा रहँदा विमलले युरोपको १७ वर्ष मुनिको फुटबल प्रतियोगिता ‘फ्युचर कप’ खेलेका थिए । तीन खेल खेलका उनले एन्डरलेक्टका लागि एक गोलसमेत गरेका थिए ।
प्रशिक्षणका क्रममा सुरुवाति हप्ता केही असहज भएको सुनाउँदै विमलले भने-’मलाई सुरुमा एक हप्ता गाह्रो भएको थियो । तर, दोस्रो हप्ताबाट मैले राम्रो गरेँ र टिमले पनि मलाई राम्रो सहयोग गर्‍यो ।’ नेपाल र युरोपको फुटबल ट्रेनिङमा धेरै फरक पाएको भन्दै उनले सुनाए ।
नेपाली फुटबलका उदयमान युवा फुटबलर विमलले काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपालका लागि पाकिस्तानविरुद्ध गोल गरेका थिए । साफमा उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशका प्रशिक्षकले विमललाई युरोपसम्म पुर्‍याएका हुन् ।
विमलका अनुसार एन्डरलेक्टसँगको प्रशिक्षण फेरि हुने नहुने बारे दुई साता भित्र थाहा हुनेछ । ‘म आशावादी छु’ उनले भनेका छन् ।
विमललाई युरोपसम्म पुर्‍याउने रेने कोस्टर पनिसँगै नेपाल आएका छन् । विमलले निकै राम्रो प्रदर्शन गरेको भन्दै उनले आफू आशावादी रहेको बताए ।
विमलको प्रदर्शन राम्रा रहेको भन्दै उनले युरोप जानु पर्नेमा जोड दिएका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar