यसरी टुट्यो अधिकारी दम्पती र अधिकारकर्मीको सम्बन्ध
पहिलो एसएमएस- ‘तपाईहरु आफ्नो काम गर्नू, मेरो डिसिजन भैसकेको छ । हावाको तालमा काम कुरा नगर्नू । म कि न्याय, कि अपराधीको टाउको लिएर आउँछु ।’ दोस्रो एसएमएस- ‘नमस्ते अब भोलि ११ बजेबाट ११ दिन ओपनग्राउन्ड, त्यसपछि काम भएन भने फूल अन्डरग्राउन्ड ।’ यस्ता बग्रेल्ती एसएमएस आउँछन् अचेल केही मानवअधिकारकर्मीका मोवाइलमा । दिनदिनका धम्कीपूर्ण एसएमएसले उनीहरु वाक्क दिक्क भइसकेका छन् । यी एसएमएस अरु कसैको नभएर वीर अस्पतालमा अनशनरत अधिकारी दम्पतीका छोरा नुरप्रसादले अधिकारकर्मीले पठाएका हुन् । नुरप्रसादले अधिकारकर्मीलाई पठाएको अर्को एसएमएसमा भनिएको छ, ‘जतिसक्दो छिटो न्याय दिलाउन सहयोग गरिदिनु, ढिला हुँदा पर्ने हेल्थ, इकोनोमिक एण्ड टाइम सबै-सबै मूल्य निकै महंगो हुने कुरा प्रष्ट पारिदिनु होला । हत्या नै गरे, कुरा नै सकियो, नत्र निकै महंगो हुन्छ ।’ आखिर आफ्नै सहयोगी अधिकारकर्मीमाथि अधिकारी दम्पतीका छोरा नुरप्रसाद किन यसरी जाइलाग्न थालेका होलान् ?
मानव अधिकारकर्मीलाई बन्दूक देखाएपछि….
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशन बसेका अधिकारी दम्पतीको अनशन तोड्ने विषयलाई लिएर छोरा नुरप्रसाद र अधिकारकर्मीवीचको सम्बन्ध निकै विगि्रसकेको छ । सम्बन्ध विग्रेको पछिल्लो घटना भने नुरप्रसादले २ अर्ब रुपैयाँ माग राखेपछि हो । ०७१ जेठ ६ गते अधिकारकर्मीसँगको छलफलमा नुरप्रसादले राज्यले २ अर्ब रुपैयाँ नदिने हो भने आमाबुबाको अनशन तोडिँदैन भन्दै अधिकारकर्मीलाई घुक्र्याएको एक मानवअधिकारकर्मी बताउँछन् । अस्पतालबाट बाबु नन्दप्रसादले पनि त्यही वचन दोहोर्याए । त्यसभन्दा अगाडिको एउटा घटनाबाट अधिकारकर्मी सशंकित हुन थालिसकेका थिए । घटना थियो, रातो पासपोर्ट । नुरप्रसादले राज्यद्धारा रातो पासपोर्ट उपलब्ध गराइदिन अधिकारकर्मीलाई पहल गर्न भनेका थिए । त्यतिबेला अधिकारकर्मीले व्यापार वा सरकारी नोकरीमा नुरप्रसादलाई संलग्न गराउने प्रयास गर्दै थिए । केही अधिकारकर्मीले अमेरिका वा युरोपको कुनै एक देशमा बसोवासका लागि पहल गरिदिने आश्वासन पनि नुरप्रसादलाई दिएका थिए । स्रोतका अनुसार नुरप्रसादले रातो पासपोर्ट मागेपछि अधिकारकर्मी चरण प्रसाई, दिनेश त्रिपाठी, सुवोध प्याकुरेल, सुदीप पाठक र मन्दिरा शर्मा भने बढी नै संशकित भएका थिए ।
महिलामार्फत् मानवअधिकारकर्मीको सुराकी
त्यस्तै अर्को घटनाले अधिकारकर्मीको शंकाको घेरा बढाइदियो । नुरप्रसादले वीर अस्पतालमा अनशनरत आमाबाबुलाई हेरचाह गर्न कैलाली जिल्लाकी बोहोरा थरकी एक महिलालाई पठाउने गरेका थिए । खासमा नुरप्रसादले अस्पतालमा अधिकारी दम्पतीलाई भेटन आउने व्यक्तिबारे बुझ्न सुराकी छोडेका रहेछन् बोहोरालाई । भेट गर्न आउने व्यक्तिले बोलेको भिडियो र अडियो रेकर्ड गर्ने र बेलुका बोहोराले नुरप्रसादलाई देखाउने गरेको पत्ता लगाए अधिकारकर्मीले । स्रोतका अनुसार अधिकारी दम्पतीका बारेमा अधिकारकर्मीले आयोजना गर्ने गोप्य बैठक वा कार्यक्रममा पनि बोहोरा पुग्थिन् । त्यस्ता कार्यक्रममा उनले मोबाइलमा भिडियो र अडियो रेकर्ड गर्ने र बेलुका नुरप्रसादलाई सुनाउने गरेको तथ्य अधिकारीकर्मीले फेला पारेर रंगेहात पक्राउ गरे । अनशन सुरु भएदेखि बोहोरा हरेक दिन अस्पताल गई गंगामाया र नन्दप्रसादलाई नुहाइदिने, कपाल कोरिदिने, तेल लगाइदिनेलगायतका काम गर्थिन् । नुरप्रसादले सुराकी छोडेको प्रमाणित भएपछि गत वैशाख १० गतेदेखि बोहोरालाई अस्पताल प्रशासनले प्रवेश रोक लगाएको थियो अधिकारकर्मीको आग्रहमा । नुरप्रसादका निकटहरुका अनुसार बोहोरालाई नुरप्रसादले आर्थिक सहयोग गर्दथे । त्यसो त बोहोरा र नुरप्रसादको टेलिफोन सम्बाद सुन्ने अस्पताल प्रशासनका कर्मचारीका अनुसार उनीहरुको सम्वाद निकै प्रेमपूर्ण हुने गरेको थियो ।
घर दिएर राख्ने प्रयास
अधिकारकर्मीको अनुरोधमा सरकारले काठमाडौमा एउटा घर भाडामा लिई अधिकारी दम्पतीलाई राख्ने योजना बनाएको थियो । राष्ट्रिय मानवअधिकार संगठनकी रसना ढकालका अनुसार सरकारले घर भाडा तिरिदिने गरी अधिकारी दम्पतिलाई बसोबासको व्यवस्था गर्ने प्याकेज तयार गरिएको थियो । तर, नुरप्रसादले स्वीकार गरेनन । ‘७० लाख भन्दा बढी ऋण छ, त्यो कसले तिरिदिन्छ ?’ भन्दै नुरप्रसादले अधिकारकर्मीको र सरकारको बन्दोवस्तीको प्याकेज स्वीकार गर्न मानेनन् । यसैक्रममा जेठ ८ गतेपछि भने नुरप्रसादले आफ्नो भाऊ बढाएर २ अर्बबाट १० अर्ब पुरयाएका छन् । उनले अधिकारकर्मीलाई यस्तै सन्देश पठाइरहेका छन् ।
आमाबुबालाई नभेटेको एक महिना नाघ्यो
अस्पताल प्रशासनका अनुसार बैशाख ५ गतेदेखि नुरप्रसाद अस्पतालमा आमाबाबुलाई भेट्न गएका छैनन् । स्रोतका अनुसार ५ गते राति ९ बजे अस्पताल पुगेर नुरप्रसादले ‘आमाबुबालाई उपचार गर्ने डाक्टर,नर्स सबैलाई गोली ठोकिदिन्छु’ भन्दै धम्क्याएर हिँडेका थिए । त्यसयता अर्धभूमिगत शैलीमा हिँडेका नुरप्रसादको बसाइ नगरकोटमा हुने गरेको उनीनिकटकले बताए ।
नूरप्रसादले बन्दूक देखाए
‘पछिल्लोपटक ६ जेठमा तपाईसँग हामी पाँच अधिकारकर्मीले गरेको छलफल सुखद रहेन, गंगामाया र नन्दप्रसाद अधिकारीको ज्यान बचाएर मात्र न्यायको लडाईलाई सार्थक टुंगोमा पुरयाउन सकिन्छ भन्ने सन्दर्भमा तपाईको निराशाजनक प्रतिक्रियाले हामी दुःखी भएर उठ्यौं’ यो भनाइ ०७१ जेठ ८ गते कनकमणि दीक्षितसहित ७ जना अधिकारकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो विज्ञप्तिले अधिकारी दम्पतीको पक्षमा वकालत गर्दै आएका एनजीओकर्मीहरु ०७१ साल लागेपछि विस्तारै पछि हट्न थालेको प्रष्ट संकेत गरेको छ । जेठ ६ गते नुरप्रसादसँग बैठक बस्न मानअधिकारकर्मीलाई हम्मेहम्मे परेको थियो । भेटका लागि मानवअधिकारकर्मीले पटक-पटक आग्रह गरेका थिए । तर, आफ्नै छुट्टै काम छ ‘म मिसनमा छु’ भन्दै नुरप्रसाद आउन मानेनन । पछि बाध्य भएर नुरप्रसाद मानवअधिकारकर्मीसँग भेट गर्न त आए, तर बसाइको सुरुबाटै विवाद भयो । झन्डै आधाघण्टा बसेका नुरप्रसादले ‘अनशन तोड्ने काम आमाबाबुको कुरा हो, मैले केही गर्न सक्दिँन, म मिसनमा छु’ भन्दै अधिकारकर्मीलाई नै उल्टै सम्झाए । त्यस भेटमा सुवोधराज प्याकुरेल, कनकमणि दीक्षित, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, चरण प्रसाई, रसना ढकाल र सुरेश भट्टलगायत थिए । एक सहभागीका अनुसार सुरक्षागार्ड र हातहतियारसहित आएका नुरप्रसाद अधिकारकर्मीलाई समेत हतियारको धम्की दिँदै उठेर हिँडेका थिए । पछिल्लोपटक नुरप्रसाद र अधिकारकर्मीवीच भएको उत्कर्ष रुप थियो यो । र, त्यसपछि जेठ ८ गते उनीहरुले विज्ञप्ति निकाले । ६ गतेको बसाइमा आ-आफ्नो बाटो लाग्ने भन्दै नुरप्रसाद निस्केर हिँडेपछि अधिकारी दम्पतीको अनशन एक्लिँदै गएको छ । त्यसपछि निरन्तर अधिकारकर्मीको मोबाइलमा नुरप्रसादका धम्कीपूर्ण एसएमएस आउन थालेका छन् । अहिले अधिकारी दम्पत्तिको पक्षमा कनकमणि दीक्षितमात्रै देखिएका छन् । स्रोतका अनुसार चरण प्रसाई र दिनेश प्रसाई नुरप्रसादलाई व्यक्तिगतरुपमा नै मन मराउदैनन् । मन्दिरा शर्मा, सुवोधराज प्याकुरेलले खासै वास्ता गर्न छाडे पनि सुदीप पाठक र कनकमणि दीक्षित अधिकारी दम्पत्तिको स्वास्थ्य स्थितिलाई लिएर चिन्तित छन् ।
‘अधिकारी दम्पती अनशनमा हामी चुक्यौं’
अधिकारी दम्पतिको अनशनलाई साथ दिंदै आएका मानवअधिकारकर्मी आफुहरु चुकेको स्वीकार गर्न थालेका छन् । ‘सतही रुपमा हेरियो, जसले गर्दा हामीले धोका पायौं’ मानवअधिकारकर्मी यसै भन्न थालेका छन् । ’यो मुद्दामा वास्तवमा हामीले धोका पायौं । केही कुरामा चुक्यौं । उनी पीडित हुन् कि उनले अरुलाई पीडित बनाए भन्ने हामीले हेरेनौं’ जेठ ८ गते विज्ञप्ति जारी गर्नेमध्ये एक अधिकारकर्मी रसना ढकालले भनिन् । अधिकारकर्मीले उप्रान्त अधिकारी दम्पतीको सुरक्षा र स्वास्थ्यमात्रै सरोकार राख्नेछन् । स्वास्थ्य र सुरक्षामा केन्दि्रत हुने भएपछि अधिकारी दम्पतीको माग संभवत अगाडि बढ्ने छैन । मुद्दा अदालत पुगेपछि पनि अनशन तोड्दिन भन्नु शंकास्पद भएको ढकालको भनाइ छ । यस्तो थियो अधिकारकर्मीहरूको विज्ञप्ति -
पहिलो एसएमएस- ‘तपाईहरु आफ्नो काम गर्नू, मेरो डिसिजन भैसकेको छ । हावाको तालमा काम कुरा नगर्नू । म कि न्याय, कि अपराधीको टाउको लिएर आउँछु ।’ दोस्रो एसएमएस- ‘नमस्ते अब भोलि ११ बजेबाट ११ दिन ओपनग्राउन्ड, त्यसपछि काम भएन भने फूल अन्डरग्राउन्ड ।’ यस्ता बग्रेल्ती एसएमएस आउँछन् अचेल केही मानवअधिकारकर्मीका मोवाइलमा । दिनदिनका धम्कीपूर्ण एसएमएसले उनीहरु वाक्क दिक्क भइसकेका छन् । यी एसएमएस अरु कसैको नभएर वीर अस्पतालमा अनशनरत अधिकारी दम्पतीका छोरा नुरप्रसादले अधिकारकर्मीले पठाएका हुन् । नुरप्रसादले अधिकारकर्मीलाई पठाएको अर्को एसएमएसमा भनिएको छ, ‘जतिसक्दो छिटो न्याय दिलाउन सहयोग गरिदिनु, ढिला हुँदा पर्ने हेल्थ, इकोनोमिक एण्ड टाइम सबै-सबै मूल्य निकै महंगो हुने कुरा प्रष्ट पारिदिनु होला । हत्या नै गरे, कुरा नै सकियो, नत्र निकै महंगो हुन्छ ।’ आखिर आफ्नै सहयोगी अधिकारकर्मीमाथि अधिकारी दम्पतीका छोरा नुरप्रसाद किन यसरी जाइलाग्न थालेका होलान् ?मानव अधिकारकर्मीलाई बन्दूक देखाएपछि….