२७ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले एआइजी बढुवामा पैसा लिएको प्रमाण भेटिए गृहमन्त्री वामदेव गौतमलाई कारबाही गर्ने बताएका छन् । ब्रिफकेस प्रकरणबारे पहिलो पटक मुख खोलेका प्रधानमन्त्री कोइरालाले प्रमाण ल्याए कारबाही गर्न आफू तयार रहेको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै कोइरालाले भने-त्यस्तो हो भने प्रमाण दिनुस् ।म गृहमन्त्रीलाई कारबाही गर्छु ।’ प्रधानमन्त्री कोइरालाले एआइजी बढुवाबारे विवाद हरेक सरकारको पालामा हुने गरेको भन्दै भ्रष्टाचार गर्ने छुट कसैलाई नदिने बताए । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले एआइजीमा बढुवाका लाडि डीआइजीहरु बि्रफकेस बोकेर नेता र शक्ति केन्द्रमा धाइरहेको बताएका थिए । जसका कारण खरेलमाथि कारबाहीको तयारी भइरहेको छ । बढुवा सिफारिसमा नपरेका पर्शुराम खत्रीले दायर गरेको रिटमा पुनरावेदन अदालत पाटनले मंगलबार मात्र बढुवा सिफारिस कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
