विचित्र काम गरेर दुनियामा चर्चा कमाउन र विश्वरेकर्ड कायम गर्न सबैलाई इच्छा हुन्छ । यस्तो विचित्र काममा चिनियाहरु अझै अगाडि छन् । हालै चीनका महिलाले यस्तै विचित्र काम गरेर विश्वकिर्तिमान कायम गरेका छन् ।
चीनका ५ सय ५ जना महिलाले सामूहिक योगा गरेर विश्वकिर्तिमान कायम गरेका छन् । समाचार अनुसार हुनान प्रान्तस्थित चेंग्शा शहरमा रहेको जुजिझोउ पार्कमा ५ सय ५ जना महिलाले आइतबार सामूहिक व्यायाम तथा योगा गरेका हुन् । ती महिलाहरुले ३७ मिनेट २८ सेकेण्ड सम्म सँगै योगासनको अभ्यास गरेको बताइएको छ ।
वैजनी रंगको पहिरनमा रहेका गर्भवती महिलाहरुको पेटमा १२ हप्ता वा सो भन्दा माथिको गर्भ छ । गिनिज वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त सामूहिक योगको आफैले अवलोकन गरी प्रमाणपत्र समेत प्रदान गरे ।
स्मरण रहोस् गर्भवतीको सामूहिक योगाभ्यासको विश्वरेकर्ड यसअघि पनि चीनकै नाममा थियो । चीनको ग्वांगडुङ प्रान्तमा सन् २०१३ मा ४२३ जना गर्भवति महिलाले सामूहिक योगाभ्यास गरेका थिए ।

भिडियो