डा. अरुणा उप्रेती - तपाईंको भान्छाघरमा रहेको ज्वानो सस्तो तथा गुणले भरिपूर्ण भएको वस्तु हो ।
ज्वानो आयुर्वेदका प्रवर्तक चरकका पालादेखि नै प्रयोग हुँदै आएको देखिन्छ । पूर्वीय समाजमा मात्र नभएर ग्रीक औषधि विज्ञानमा पनि ज्वानोको महत्वलाई दर्शाइएका लेखहरू पाइन्छन् । ज्वानोमा प्रोटिन र खनिज पदार्थ पाइन्छ । तर, ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ ।
ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल ख्वाउने चलन रहिआएको छ । सुत्केरी महिला र ज्वानोको झोल हाम्रो संस्कृतिको अभिन्न अङ्गजस्तै भएको छ । ज्वानोको झोल सुत्केरीका निम्ति मात्र होइन, वयस्क पुरुष, बालबालिका, वृद्धवृद्धा सबैका लागि एउटा उत्तम वस्तु हो ।
म अमेरिकाको क्यालेफोर्नियास्थित वर्कले विश्वविद्यालयमा नेपाली भोजन र पोषणका बारेमा एउटा सामान्य छलफल गरेकी थिएँ । छलफलपछि त्यही विश्वविद्यालयमा अध्ययनरत दुई जना नेपाली भाईहरू आएर मलाई एउटा रमाइलो खबर भने ।
एक जना औषधि विज्ञान पढ्ने नेपालीले ज्वानोको रासायनिक तत्व, यसका गुण, किन र कसरी यसले महिलाको शरीरमा दूध बढी ल्याउन मद्दत गर्छ, यसमा हुने पचाउने तत्वहरू आदिका बारेमा अध्ययन गरिरहेका छन् । यसको बारेमा उनी नेपालका विभिन्न ठाउँमा गएर कुन जातिले कसरी ज्वानोको प्रयोग गर्छ भन्ने बारेमा पनि अध्ययन गरिरहेका छन् । उनीहरूको कुराले मलाई असाध्यै आनन्दित बनायो ।
मलाई लाग्यो जब त्यो अध्ययन पूरा भएर त्यसले ज्वानोको विशेषताको बारेमा हामीहरूलाई बुझाउनेछ, अनि बल्ल हामी नेपालीहरूले ज्वानोको महत्वको बारेमा बढी ध्यान दिन थाल्नेछौं । किनभने हाम्रा पुर्खाहरूले हजारौं वर्षदेखि भनी आएको कुरामाथि हामीलाई प्रायः विश्वास हुँदैन, तर जब त्यही कुरा बाहिरका गोरा छाला भएका मानिसहरूले भन्छन् अनि विश्वास गर्छौं ।
कुपोषण भएका र, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले फाइदा पुर्याउँछ । आजकाल विज्ञापनहरूमा भन्ने गरेको सुनिन्छ, “घरको खानेकुराले बालबालिकाको शरीरलाई चाहिने क्याल्सियमको मात्रा पुग्दैन, त्यसैले क्याल्सियमको चक्की दिने गर्नुहोस् ।” यी विज्ञापनहरूले तथ्यरहित, झूठा र भ्रमपूर्ण सूचना प्रवाह गर्ने काम मात्र गरिरहेका छन् । किनकि घरमा पाइने ज्वानो सबैभन्दा बढी क्यालसियम भएको वस्तु हो ।
सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ, साथै आमाको दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । ज्वानोलाई झोलको रूपमा प्रयोग गर्नु बाहेक तरकारीमा भुटनको रूपमा पनि प्रयोग गर्ने चलन छ । क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनको पनि वैज्ञानिक कारण छ ।
क्वाँटी वा गेडागुडी खानाले कसैकसैलाई पेटमा ग्यास (वायु) हुने गर्छ र पेट डम्म फुलेजस्तो हुने अनि कर्याङ्कुर्लुङ् गरेर कराउने हुन्छ । ज्वानोले वायु हुनबाट रोक्छ । त्यसैले ज्वानोलाई भुटनको रूपमा प्रयोग गरिएको हो । घाँटी दुखेको बेलामा पानीमा ज्वानो राखेर उमाली त्यसमा अलिकता नून मिसाई कुल्ला गर्नाले फाइदा गर्छ । ज्वानो, नून र ल्वाङलाई मुखमा हालेर बिस्तारै रस चुस्नाले खोकी लागेको पनि कम हुन्छ । त्यसरी नै नाक टम्म बन्द भएको बेला दिनमा दुई–तीन चोटि ज्वानो पानीको बाफ लिनाले नाक खुल्छ ।
मेथी
मेथी हाम्रो भान्छामा नभई नहुने मसला हो । मेथीलाई भुटनको रूपमा विशेष प्रयोग गरिन्छ । भिजाएर टुसा उमारेको मेथीलाई तरकारी वा अचार बनाएर खानाले यो स्वादिष्ट मात्र होइन, अत्यन्त पौष्टिक पनि हुन्छ । टुसा उमारेको मेथीमा विभिन्न खनिज पदार्थहरूका साथै भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । त्यसैले सुत्केरी महिलाहरूलाई मेथीको खीर बनाएर खान दिने चलन छ । मेथीले पौष्टिकता दिनुका साथै आमाको स्तनमा दूधको मात्रा पनि बढाउँछ ।
मेथीमा भोजनलाई पचाउने गुण पनि हुन्छ । पेट दुखेको बेलामा लशुन र मेथीको जाउलो ख्वाउने चलन हाम्रा हजुरआमाहरूको पालादेखि नै थियो । त्यसैगरी मेथीको धूलोमा दही मिसाएर पखाला लागेको तथा अपच भएको बेलामा दिने चलन छ । मेथीको प्रयोग मधुमेहका रोगीहरूका लागि पनि उपयुक्त मानिएको छ । हुन त मेथीमा रहेको कुन तत्वले वास्तविकरूपमा मधुमेहका लागि फाइदा गर्छ भन्ने कुरामा अनुसन्धान हुँदैछ ।
(डा. उप्रेतीको पुस्तक ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ बाट)