सर्लाही, असार १ - सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको पूर्व पश्चिम बिद्युतीय रेलमार्गको आइतवार सर्लाहीको रानीगंजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका छन् ।
पहिलो चरणमा बर्दिवास सिमरा खण्डमा निर्माण हुने १ सय ८ किलोमिटर रेलमार्गको ट्रयाक बनाउने कार्यको शिलन्यास गरिएको हो । कामको सुरुवात कालिन्जोर नदीको भंगालो माथि 'इन्भेन्टमेन्ट' बनाएर हुंदैछ । पूर्व-पश्चिम तथा काठमाडौं-पोखरा रेलमार्ग निर्माण गर्न ८ खर्ब रुपैयाँ खर्च लाग्ने ज्यादै महत्त्वाकांक्षी र महँगो आयोजना भएकाले खण्डखण्डमा निर्माण गरिने भएको छ ।
मन्त्री निधिले कसैले कल्पना सम्म नगरेको विकासको काम हुन थालेको बताए । 'धेरै ठूलो विकासको काम हुन गइरहेको छ,' निधिले भने, 'देश विकासको लागि पूर्वाधार विकास अपरिहार्य हो । यसले रोजगारी, ब्यापार बृद्धि गर्नुका साथै सस्तो र थोरै समयमा लामो दुरी तय गर्न सकिन्छ ।'
राष्ट्रको मुहार फेर्ने भएकाले सरकारले राष्ट्रिय गौरवको आयोजना किटान गरेको उल्लेख गर्दे निधिले नेपाली बजेटवाटै काम थालिएको वताए । लोकतन्त्र भाषणमा मात्र नभई विकासमा अनुवाद गर्ने अठोट सहित सरकार अघि बढेको उनको भनाई थियो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ काठमाडौं फास्ट ट्रयाक जस्ता आयोजना यसै सरकारको पालमा सुरु गर्ने ढंगले काम अघि बढाइएको निधिले उल्लेख गरे ।