काठमाडौ, असार १ - यो बर्षको एसएलसीमा ३ सय ३१ विद्यालयको नतिजा शून्य भएको छ । शिक्षा मन्त्रालयले नतिजा दोहोरो अंकमा बृद्धि गर्ने भनेपनि यो तथ्याङकले नतिजा खस्किएको पुष्टी हुन्छ ।
परीक्षामा ९ हजार १ सय ८७ विद्यालयका विद्यार्थी सहभागी थिए । त्यसमा ६ हजार ४५ सामुदायिक र ३ हजार १ सय ४२ संस्थागत विद्यालयका विद्यार्थी थिए । विद्यालयको नतिजा शून्य हुनेमा सामुदायिक मात्रै नभई संस्थागत पनि रहेको परीक्षा नियन्त्रण कार्यालका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारले बताए ।
उनका अनुसार ५० संस्थागत विद्यालयको नतिजा शून्य छ । त्यस्तै २ सय ८१ सामुदायिक विद्यालयको नतिजा शूय रहेको उनले बताए ।
पनिकाका अनुसार क्षेत्रगत रुपमा सबै भन्दा बढी पूर्वाञ्चलका विद्यालयको नतिजा कमजोर देखिएको छ । पूर्वाञ्चलबाट १ हजार ९ सय १९ सय विद्यालयका विद्यार्थीले परीक्षा दिएकोमा १ सय ३६ विद्यालयको नतिजा शून्य रहेको द्वारले बताए । उनका अनुसार पाँचथरमा सबैभन्दा बढी २३ विद्यालयको नतिजा शून्य देखिएको छ । त्यस्तै ताप्लेजुङमा ११, इलाममा १५ भोजपुर र मोरङमा १२, उदयपुरमा १३, सप्तरीमा ११ विद्यालयको नतिजा शुन्य छ ।
मध्यमाञ्चलमा ३ हजार २ सय ८५ विद्यालय परीक्षामा सहभागी भएकोमा ५७ विद्यालयको नतिजा शून्य छ । पनिकाका अनुसार काठमाडौंमा ५, भक्तपुरमा ४, ललितपुरमा १, सिन्धुलीमा नौ विद्यालय छन् । पश्चिमाञ्चल १ हजार ९ सय ६० विद्यालय सहभागी भएका २५ को नतिजा शून्य छ । मध्यपश्चिमाञ्चलमा १ हजार ९५ विद्यालय सहभागि भएकोमा ३७ विद्यालयले विद्यार्थी उर्तिण गराउन सकेन । बाकेमा मात्रै १० विद्यालय छ । त्यस्तै सुदुरपश्चिमाञ्चलमा ७६ विद्यालयको नतिजा शुन्य छ । पनिकामा अनुसार सदुुरबाट ९ सय २८ विद्यालयका विद्यार्थीले एसएलसी दिएका थिए । नतिजा शून्य हुनेमा बाजुरामा ११, अछाममा १७, डोटीमा १४, बैतडीमा ९, कन्चनपुरमा ८ विद्यालय छ ।