Headlines News :
fb
Home » , » सभासदमाथि संविधानसभा गेटमै हातपात

सभासदमाथि संविधानसभा गेटमै हातपात

काठमाडौं, जेठ २८ – संविधानसभा सभासद रीता शाहीमाथि हातपात र दुर्व्यवहार भएको छ ।
संविधानसभाको ३ नम्बर गेट नजिकै नेपाली कांग्रेसको तर्फबाट सभासद भएकी शाहीमाथि बुधबार अपरिचित व्यक्तिले हातपात र दुर्व्यवहार गरेका हुन् ।
तस्बिर : शाहीको फेसबुक पेजबाट ।
‘ट्याम्पो चढेर संविधानसभा बैठकमा जाँदै गर्दा शाहीमाथि दुर्व्यहार भएछ, उहाँले हामीलाई आएर भनेपछि थाहा भयो’ सभासद रुपा महर्जनले उज्यालोसँग भन्नुभयो ।
पकेटमारले गोजीमा हात हालेपछि सभासद शाहीले त्यसको प्रतिकार गर्नुभएको थियो । त्यसपछि उहाँ टेम्पोबाट ओर्लने बित्तिकै त्यही व्यक्तिले मुक्का प्रहार गरेर भागेको थियो ।
मुक्का प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच महिला सभासद्ले सुरक्षाको माग गर्दै संविधानसभाका अध्यक्ष र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संविधानसभा भवनमै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गृहमन्त्री बामदेव गौतमलाई भेटेर महिला सभासदले सुरक्षा व्यवस्था कमजोर भएको बताए । असुरक्षाकै कारण उनीहरुले महिला सभासदलाई एकै ठाउँमा बस्ने गरी संयुक्त आवासको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
झण्डै डेढघण्टा भएको छलफलमा गृहमन्त्री गौतमले आफू सुरक्षाका लागि गम्भीर भएको भन्दै सभासद्हरु बसेको ठाउँमा सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले सभासदलाई संयुक्त आवासका लागि मन्त्रिपरिषदमा कुरा राख्ने बताएको छलफलमा सहभागी एकीकृत माओवादीकी सभासद रुपा महर्जनले जानकारी दिनुभयो ।
गृहमन्त्री गौतमले राजनीतिक दलहरुले नै गुण्डाको आरक्षण गरिरहेको बताउनुभयो । आफूले गुण्डा नियन्त्रण अभियान थाले पनि कांग्रेस, एमाले, एकीकृत माओवादी सबै दलमा गुण्डाहरु रहेको र गुण्डाहरुलाई सुरक्षा दिने काम पनि आफूहरुले नै गरिरहेको बताउनुभयो ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar