
१. स्मार्टफोनमा लक स्त्रिmन सेट गर्नुहोस् :
आफ्नो स्मार्टफोनलाई भाइरस लगायतको डिजिटल आक्रमणबाट जोगाएर सुरक्षित राख्ने सबैभन्दा पहिलो र महत्वपूर्ण उपाय स्मार्टफोनमा लक स्त्रिmन सेटअप गर्नु हो । आफ्नो एन्ड्रोइड फोनमा लक स्त्रिmन प्रोटेक्सन सेटअप गरेपछि केवल तपाइँले मात्र आफ्नो स्मार्टफोन खोल्न सक्नुहुन्छ ।
२. एन्टी भाइरस प्रोग्राम इन्स्टल गर्नुहोस् :
विन्डोज मेसिनमा जस्तै एन्ड्रोइड स्मार्टफोनका लागि समेत विभिन्न खाले एन्टी भाइरस सफ्टवेयर उपलब्ध छन् । त्यसैले आफ्नो स्मार्टफोनलाई भाइरस मुक्त गराउन एन्टी मालवेयर एप्स इन्स्टल गर्नुहोस् ।
३.पासवर्ड सुरक्षित (क्याची) नगर्नुहोस् :
पासवर्ड क्याची गर्नु सजिलो त हुन्छ । यसो गर्दा पटक पटक पासवर्ड टाइप गरिरहनु पर्दैन । तर यसले डिजिटल चोरी तथा मोबाइलमा भाइरस आक्रमणको खतरा बढाउँछ । त्यसैले पासवर्डलाई तपाइँको स्मार्टफोनमा सुरक्षित नगर्नुहोस् ।
४.आधिकारिक श्रोतबाट मात्रै एप्स डाउनलोड गर्नुहोस् :
मोबाइल एप्सहरु डाउनलोड गर्दा जुनपायो त्यहीँ साइटबाट डाउनलोड गर्न खोज्दा त्यसले भाइरस आक्रमणको खतरा बढाउँछ । आधिकारिक वेबसाइटबाट एप्स डाउनलोड गर्ने र इन्स्टल गर्ने गर्नुपर्छ ।
५. जथाभावी इन्टरनेट नचलाउनुहोस् :
स्मार्टफोनबाट इन्टरनेट चलाएर अनधिकृत साइटहरु समेत लग अन गर्दा त्यसले विभिन्न खाले मालवेयरको जोखिम बढाउँछ । त्यसैले अनधिकृत तथा खतरायुक्त साइटहरु लग अन गर्नु हुँदैन । -