डडेलधुरा, जेठ २८ – नेकपा एमाले डडेलधुराले नेता केपी ओली प्यानलका ६ जनालाई कारबाही गरेको छ ।
एमाले डडेलधुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्रमा सहयोग नगरेको भन्दै डडेलधुरा जिल्ला कमिटि सचिवालयले ६ जनालाई कारबाही गरेको हो ।
उदघाटन सत्र सम्पन्न भएको झण्डै १८ महिनापछि गएको जेठ १७ गते भएको बन्दशत्रको सातौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहेका केपी ओली निकट प्रकाश साउदलाई मतदान गरेको भन्दै अध्यक्ष पदमा निर्वाचित डा. तारा जोशी पक्षले ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा एमाले डडेलधुराका पूर्व जिल्ला कमिटी सदस्य नरेन्द्र शाही, अमर पुन, अनेरास्ववियु जिल्ला अध्यक्ष भरत मल्ल, संगठित सदस्य तिलक शाही, अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी डडेलधुराका सचिव गणेश बुढाऐर, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कमिटी सदस्य नरसिह मल्ल रहेका छन् । जिल्ला अधिवेशनबाट डा.जोशी नै बिजयी भएपनि केपी ओली निकट मानिने साउदलाई मतदान गरेको भन्दै आफूहरु माथि कारबाही गरिएको संगठित सदस्य तिलक शाहीले बताउनुभयो ।
अध्यक्षमा निर्वाचित डा. तारा जोशीले पूर्वाग्रही ढंगले आफूहरुलाई सहयोग गर्न आग्रह गरेको तर आग्रहलाई स्वीकार नगरेकाले कारबाही गरिएको शाहीको छ । आफूले साउदलाई मतदान गरेको तर पार्टी भित्र गुटबन्दी नगरेको भएपनि पूर्वाग्रही ढंगबाट कारबाही गरिएकाले आफूहरु त्यसका विरुद्धमा पार्टी भित्र आवाज उठाउने अनेरास्ववियु डडेलधुराका जिल्ला कमिटि अध्यक्ष भरत मल्लले बताउनुभयो ।