काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले दोहाबाट आएका एक यात्रु त्रिभुवन विमानस्थलमा प्रहरीको आँखा छलेर रूख चढेर बसेको विषयमा सुरक्षा लापरबाही भएको भन्दै रूख काटेको छ। विमानस्थल सुरक्षार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग र प्रतिआतंकवाद एकाइका सुरक्षाकर्मीलाई झुक्याएर मोरङ बाहुनी २ का २० वर्षीय अक्षकुमार खवासले दिनभर विमानस्थलभित्रैको रूखमा चढेर दिन बिताएका थिए। बाक्लो सुरक्षा घेरा छलेर दिनभर धावनमार्ग नजिकको रूखमा बस्दा नदेख्ने सुरक्षाकर्मीमाथि छानबिन गरी कारबाही गर्नुको सट्टा रूख काटेर सरकारले लाचारी प्रदर्शन गरेको छ।
गत जेठ २७ गते बिहान कतार एअरको उडानबाट काठमाडौं आएका खवासले सबैलाई छलेर दिनभर रूखमा बसेका थिए। सुरक्षाकर्मीका बीचबाट आयल निगमको डिपोतर्फबाट छिरेर धावनमार्गनजिक जाँदासमेत नदेख्ने सुरक्षाकर्मीमाथि छानबिन गरिएको छैन। प्रहरीले खवासलाई एक रात नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको थियो। आयल निगमतर्फ को गेटमा नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मी चौबीसै घन्टा खटिएका हुन्छन्।