Headlines News :
fb
Home » , » बिराटनगरको भारतीय क्याम्प तत्काल हटाउन नारायणकाजीको माग

बिराटनगरको भारतीय क्याम्प तत्काल हटाउन नारायणकाजीको माग

नेपाल नवऔपनिवेशिक वृद्धाश्रम बन्न लागेको गुनासो

२८ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुक नवऔपनिवेशिक वृद्धाश्रम बन्न लागेको बताएका छन् । नेता श्रेष्ठले बिराटनगरमा भारतले खोलेको अनधिकृत क्याम्प अफिस तत्काल हटाउन प्रधानमन्त्री सुशील कोइरालासमक्ष माग गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तत्काल कूटनीतिक आचारसंहिता लागू गर्न र बजेट बाहिरबाट विदेशी एनजीओ/आइएनजीओलाई नेपालमा लगानी गर्न नदिनसमेत सरकारसँग माग गरेका छन् ।

केही महिनायता मिडियाबाट टाढा रहँदै आएका श्रेष्ठले बुधबार हात्तीवनस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारसँग यस्तो माग गरेका हुन् । आफूले परराष्ट्रमन्त्री हुँदा पनि बिराटनगरमा रहेको भारतीय क्याम्प हटाउन निर्देशन दिएको तर नहटाइएको भन्दै श्रेष्ठले त्यसलाई तुरुन्त हटाउन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बताए । बुधबारदेखि मिडियासँग मुख खोल्ने घोषणा गरेका श्रेष्ठले भने- ‘मैले बिराटनगरको भारतीय क्याम्पबारे प्रधानमन्त्रीलाई भेटेर भनेको छु, त्यो तुरुन्तै हटाउनुपर्छ ।’

मुलुकका समस्या ६ वटा 
श्रेष्ठले नेपाली राजनीतिमा ६ प्रकारका समस्याहरु रहेको बताए । यी समस्या यथावत रहने र विकासको गति अघि नबढ्ने हो भने मुलुक नवऔपनिवेशिक वृद्धाश्रम बन्ने उनले बताए । युवाजति सबै विदेश रोजगारीका लागि विदेश जान बाध्य भएपछि देश वृद्धाश्रममा परिणत हुने उनको तर्क छ । नेता श्रेष्ठका अनुसार बाह्याशक्तिलाई केन्द्रमा राख्ने प्रवित्ति, राष्ट्र निर्माणमा आवश्यक दृष्टिकोणको अभाव, चरम सत्तालोलुपता, भ्रष्ट आचरण, सिद्धान्त, आदर्श र मुल्य मान्यताको स्खलनका साथै राज्यका हरेक अंगमा पार्टीकरण गर्ने प्रवृत्ति नेपाली राजनीतिका ६ वटा मूल समस्या हुन् ।

माओवादी नेताको गाडी चढ्ने स्रोत के हो ? 
सार्वजनिक यातायातमा हिँड्न थालेका नेता श्रेष्ठले आफ्नो पार्टीका ४० प्रतिशत नेताहरु निजी गाडी चढ्ने गरेको भन्दै त्यसको आर्थिक स्रोत के हो भन्ने प्रश्न गरेका छन् । श्रेष्ठले भने- ‘हाम्रा ४० प्रतिशत नेताहरु गाडी चढ्नुहुन्छ ? त्यसको स्रोत के हो ? उहाँहरुको पैत्रिक सम्पत्ति पनि देखिँदैन, कुनै पेशा व्यवसाय पनि देखिँदैन ।’

 आफूले केही समय लिएको मौनतालाई आन्दोलनकै एउटा रुप भएको श्रेष्ठले बताएका छन् । सबै राजनीतिक पार्टीका नेताहरुले गम्भीर रुपमा यसैगरी आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । एमाओवादी अध्यक्ष प्रचण्डले रुपान्तरित हुन्छु भनेको हुनाले प्रचण्डकै नेतृत्वमा अगाडि जान सकिन्छ भन्ने आफूलाई लागेको उनले बताए । बाबुराम भट्टराईले पार्टीभित्रैबाट नयाँ शक्ति बनाउने आफूले सुनेको तर, बाहिर के भन्नुभएको छ, त्यसको जवाफ उहाँ आफैंले दिने श्रेष्ठको प्रतिक्रिया छ
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar