Headlines News :
fb
Home » » पूर्वराजाको गाडी चढै आईजीपी

पूर्वराजाको गाडी चढै आईजीपी

काठमाडौ, वैशाख ३१ - प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले पूर्वराजा वीरेन्द्र शाहले चढेको २६ वर्ष पुरानो बुलेटप्रुफ -गोली नछिर्ने) मर्सिडिज गाडी चढ्न थालेका छन् । गृह मन्त्रालयमा थन्किएका बा१झ ९२९३ र ९२९२ नम्बरका दुई मर्सिडिज कार गृहले मर्मत गरेर प्रयोग गर्न दिएको हो । तीमध्ये ९२९३ नम्बरको गाडी आईजीपी अर्यालले चढिरहेका छन् । अर्को प्रहरी मुख्यालयको एमटी (मोटर ट्रान्सपोर्ट) विभागमा मर्मतका क्रममा छ ।

गृहस्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति रामवरण यादवले मात्र बुलेट प्रुफ गाडी चढ्दै आएका छन् । गृहका अनुसार गत पुसमा ती गाडी प्रहरीलाई दिइएको थियो ।

राजदरबारबाट ल्याइएका ३ मध्ये अर्को एउटा मर्सिडिज गृहले सशस्त्र प्रहरीलाई समेत लैजान भनेको थियो । सशस्त्रले सुरुमा मर्मत गर्न गाह्रो हुने भन्दै नमाने पनि अहिले लैजाने तयारी गरिरहेको छ ।

राजदरबारबाट गाडी ल्याएपछि सुरुमा संग्रहालयमा राख्न पठाउने भनिए पनि नारायणहिटी दरबार संग्रहालयले चासो नदिएपछि विकल्प खोजिएको थियो । गृहले तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई रोजेर चढ्न भन्दै तीनवटै गाडी प्रधानमन्त्री कार्यालयमा पठाएको थियो । तर उनका व्यक्तिगत सुरक्षाकर्मीले फिर्ता पठाइदिएका थिए । 'पुरानो भइसकेको र स्पिड समेत नभएकाले जोखिम हुने भन्दै फिर्ता पठाइदिए,' एक अधिकारीले भने ।

यी ३ मर्सिडिज २०४४ कात्तिकमा झिकाइएका थिए । त्यसवर्ष कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा भएको तेस्रो सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई चढाउन उक्त गाडी झिकाइएका थिए । त्यसपछि राजा वीरेन्द्रले प्रयोग गर्दै आएका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar