Headlines News :
fb
Home » » बंगलादेशमा बेचिन्छ नेपाली पासपोर्ट

बंगलादेशमा बेचिन्छ नेपाली पासपोर्ट

 ६ जेठ, काठमाडौं । नेपाली राहदानी बंगलादेशमा ३ लाख रुपैयाँमा बिक्री हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

 केन्द्रीय अनुसन्धान व्यरोको ६ महिने अनुसन्धानमा वैदेशिक रोजगारीमा संलग्न केही म्यानपावर व्यवसायीले बंगलादेशी गिरोहसँग मिलेर गल्फ मुलुकको रोजगारीको भिसा लागेको र श्रम विभागको स्टिकरसमेत टाँसिएको नेपाली राहदानी बंगलादेशी नागरिकलाई बिक्री गर्ने गरेको खुलेको नागरिक दैनिकमा खबर छ ।

व्युरोका प्रमुख एसएसपी उत्तमबहादुर कार्कीका अनुसार संगठित गिरोहले गल्फ मुलुकका कम्पनीबाट कामदार माग गर्ने र रोजगारीमा जान इच्छुक नेपालीको राहदानी एजेन्ट र कम्पनीमार्फत संकलन गरी वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिने गरेको पत्ता लागेको छ ।

कार्कीका अनुसार साउदी अरबबाट भिसा र नेपालको श्रम स्वीकृति अनुमति प्राप्त नेपाली नागरिकको १४ वटा राहदानी २९ लाख ५० हजार रुपैयाँमा बंगलादेशीलाई बिक्री भइरहेको छ । अन्य ११ वटा राहदानी प्रहरी अनुसन्धानपछि फर्किएको छ । गिरोहले प्रतिगोटा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बिक्री गर्न २५ वटा राहदानी बंगलादेश पठाएको र अनुसन्धानपछि ११ वटा फिर्ता भएको व्युरोका अधिकारीले जानकारी दिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar