चर्चित म्यूजिक भिडियो निर्देशक समन अधिकारी ‘लोफर’ डेब्यू हिरोइन रजनी केसीलाई म्यूजिक भिडियोमा खेलाउने तयारीमा थिए । फेसबुकमा कुरा हुँदै जादा रजनी र समनसँग भेट्ने कुरा पनि भयो ।
रजनीको बिषयमा मेरो आफ्नै वुझाई छ । ‘लोफर’ सफल नभएपछि मिडियाले पनि उनलाई खासै वास्ता गरेन । ‘लोफर’ चल्नु अघि त उनको चर्चा छवि ओझाकी हिरोइन, रेखाको विकल्प, यस्तै यस्तै कोणबाट भएको थियो । तर आज उनले ‘प्रवाश’ सिनेमा गरेको चर्चा कतै देखिदैन । यसैले भनिन्छ क्यारे, बलेको आगो नै सबैले ताप्ने हुन् ।
गर्मी महिनामा लेमन विथ कोक खाँदै एक क्याफेमा ब्ल्याक ब्यूटी रजनीसँग कुरा सुरु भयो । फोन वार्ता भैरहेपनि भेट भएको थिएन । यसैले पनि उनको स्वभाव र बानी वुझ्न समय कुर्नै पर्ने थियो । रजनीसँग कुरा गर्ने दायरा फराकिलो थिएन । यसैले निर्माता छविराज ओझा र ‘लोफर’ सिनेमा एक आपसमा जोडिने पक्का थिए । भित्र भित्र म पनि यस्तै यस्तै बिषयको जालो बुन्दै थिए ।
‘लोफर’ चल्नु अघि एकाएक चर्चामा पुगेकी उनी सिनेमा फ्लबसँगै सेलाइन् । एउटा सेलिब्रेटीमा उदय, चर्चा र पतन जोडिएर आउँछ । तर रजनीको हकमा चर्चामा ब्रेक लागेपनि पतनको बाटो भने सुरु भयो भन्न कदापी मिल्दैन ।
छविराजको ब्यानरमा रजनीको निरन्तरता हुन्छ भन्ने धेरैले सोचका थिए । तर शिल्पाले उनलाई एकाएक रिप्लेस गरिदिइन् । उसो त रजनीको मनमा छविसँग काम गर्ने हुटहुटी अझै सकिएको छैन । सकियोस् पनि कसरी, ‘लोफर’पछि पनि उनीसँग नै काम गर्ने मनमा चाहना त थियो, तर रजनीले मेरा सामु भने खोल्न चाहिनन् ।
उसो त उनमा आत्मविश्वास खुबै देखे मैले । बारम्बारको कुराकानीमा उनी आत्मविश्वास भएको बताउन पछि परिनन् । आखामा आशु भएपनि बाहिर नदेखाउने स्वभाव रहेछ, काली सुन्दरीको ।
गर्मीमा उनका लागि लेमन कोक र चाउमिन उत्कृष्ट रहे । निर्देशक समन अधिकारी पनि रजनीलाई विशेषणले भर्न पछि परेनन् । हिरोइन र निर्देशकको जिस्क्यााई यस्तै रहेछ क्यारे ।
आत्मविश्वासले सिनेमामा अफर आउँदैन । प्रशान्त तामाङसँगको ‘प्रवास’ सिनेमा ‘लोफर’ र छविकै देन हो भन्ने वुझाई उनमा छ । ‘छवि त मेरो वुवा समान हो, आज उहाँले मलाई दोहोर्याए नि नदोहार्याए पनि सिनेमा नगरीमा ल्याउने देन उहाँकै हो’, मनमा छविसँग काम गर्न नपाएकोे अमिलो लुकाउँदै रजनीले सिने पिताको बयान कसिन् ।
भिडियो अभिनय उनका लागि काम देखाउने बाटो होला । तर उनलाई पनि थाहा छ, सिनेमाको असफलताले भिडियोको बाटो तय गर्यो भनेर भोली नकारात्मक चर्चा पक्कै पाइनेछ ।
उनी सोझी हुन् क्यारे, मेरो मनले यस्तै सोच्यो । कारण उनको वुझाई सिने नगरीमा फराकिलो भैसकेको छैन । ‘काम गर्न त गाह्रो है, जे सोचे त्यो पाइन’, रजनीले थपिन् । मलाई पनि कुरा थप्न सजिलो भयो, सोच्नुभयो के पाउनु भयो के त ?
चाँकडी, चाप्लुसी गर्ने नै चल्दा रहेछन् । तर म आजसम्म मिस यूज भएको छैन । देखेकी पनि छन् उनले, सिनेमा नगरीमा आएको छोटो समयमा नै केही हिरोइनहरुको हातमा दर्जन सिनेमा परिसकेका छन् । तर उनी आज २ वटा सिनेमामै सिमित छिन् ।
‘लोफर’ असफल हुँदा उनको मन तरङ्गित भयो । सिनेमा चल्नु अघि पाएको चर्चाले उनी धेरै माथि पुगेको महुशश गर्थिन् । तर सोचेको र वास्तविकतामा यती धेरै अन्तर छ भन्ने उनलाई थाहा थिएन ।
सिनेमा नगरीमा नै लाग्छु भन्ने सोचाई त बाल्यकालदेखिको नै हो रजनीको । तर आज उनी बाटोमा त प्रवेश गरिन्, तर दौडने कसरी खोज्दैछिन् । छवि ओझाको सिनेमामा काम गरिरहेको भए सायद उनको चर्चा यसरी नसेलाउन पनि सक्थ्यो । तर छविले रेखालाई १० बर्ष हिरोइन बनाए, शिल्पालाई २ वटा सिनेमा खेलाइसके, तर रजनी किन एउटै बाट बाहिरिइन्, धेरैको दिमागमा यस्तै कुरा खेल्दै होला, जुन कुरा रजनीको पनि मनमा पनि खेलिरहेको छ ।
उनको आत्मविश्वासले कत्तीको काम देला, त्यो त समयले नै तय गर्ने कुरा हो । सिनेमा पछिको भिडियो अभिनय कतै करिअरका लागि नै हानिकार होला कि भन्ने सोच पनि उनमा छ । तर पनि चर्चामा रहिरहन, विकल्प धेरै छन्, समात्ने कुन भन्ने मात्र हो ।
नारी प्रधान सिनेमा उनको रोजाई हो । काली सुन्दरी भन्दा मख्ख पर्ने यी विज्ञानकी विद्यार्थीको सिनेमा खेल्ने चाहना त पुरा भयो तर स्टार बन्ने सपना बाँकी नै छ । कुराकानीको दौरानमा उनीसँग अश्लिलता र ग्ल्यामरका बिषय पनि निस्किए । विद्या बालनको ‘द डर्टी पिक्चर्स’ उनको नजरमा राम्रो देखियो । तर नेपालमा दृश्यलाई आकर्षक भन्दा पनि नायिकाको शरीर खिच्ने दिमाग छ, रजनीको वुझाई यस्तै छ ।
बिषय धेरै नभएकाले कुराकानीको दायरा पनि फराकिलो भएन । मिडियासँगको दुरी उनले नजिक बनाउन सकेकी छैनन् । सायद ‘लोफर’ नचलेपछि उनी ओझेलमा पर्नुको एक कारण पनि यही हुनसक्छ ।
उनलाई दर्शक र मिडियाको नजरमा स्टार रजनी केसी बन्नु छ । अभिनय छ, आत्मविश्वास त छ, तर यत्तीले मात्र पुग्छ या पुग्दैन, रजनी कहिलेकाही घोत्लिन्छिन् । उनको घोत्लाई वुझ्ने मानिस कत्ती होलान् त सिने नगरीमा । कतिपयले ‘यूज’का लागि ‘मिस यूज’ खोज्लान् , तर रजनी ‘मिस यूज’ विनाको ‘यूज’ खोजिरहेकी छिन् । के उनको आत्मविश्वासले यसमा पनि सफलता देला । उनीसँग आफ्नै अफिससम्म आइपुग्दा म भने यस्तै कुरा सोचिरहेको थिए ।
fb