Headlines News :
fb
Home » , » वैद्यलाई नेतृत्व हस्तान्तरण गरेर सामान्य कार्यकर्ता बन्न तयार छु : दाहाल (भिडियोसहित)

वैद्यलाई नेतृत्व हस्तान्तरण गरेर सामान्य कार्यकर्ता बन्न तयार छु : दाहाल (भिडियोसहित)

काठमाडौं, जेष्ठ १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मोहन वैद्यलाई नेतृत्व हस्तान्तरण गरेर आफू सामान्य कार्यकर्ता भएर अघि बढ्न तयार रहेको बताएका छन् । मोहन वैद्य नेतृत्वको अखिल क्रान्तिकारीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा निकै भावुक मुद्रामा वैद्यप्रति इंगित गर्दै दाहालले २०४६ को जनआन्दोलनपछि जसले आफूलाई अगाडि ल्याउन भूमिका खेले उनैलाई अगाडि लगाएर आफू सामान्य कार्यकर्ता बन्न तयार रहेको बताए ।

तर, सही विचारधारसहित कम्युनिष्टहरुबीच एकता हुने वातावरण बन्नुपर्ने उनको भनाइ थियो ।

आफूले विगतका दिनमा धेरै गल्ती गरेको भन्दै दाहालले आफ्नो अति आत्मविश्वास कारण दोस्रो संविधासभासम्म आइपुग्दा पार्टी अहिलेको अवस्थामा आइपुगेको विश्लेषण पनि सुनाए । उनले विगतमा फुटेका माओवादी र अन्य क्रान्तिकारी कम्युष्निष्टहरुबीचको एकता अपरिहार्य रहेकोमा जोड दिंदै पछिल्लो समयमा कांग्रेस एमालेलगायतका दलहरुले माओवादीहरुमाथि निरन्तर प्रहार गरिरहेको गुनासो गरे ।

यस्तै, अवस्था रहिरहे माओवादीको शीर्ष नेतृत्वमाथि नै प्रहार हुनसक्ने भन्दै उनले अब अन्तिम अवसर बाँकी रहेको बताए ।

कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीसँग एकताको सम्भावना निकट रहेपनि भावनामा बगेर, कुर्सीमा जानकै लागि र संसदीय व्यवस्थामा सहभागी हुन भने आफूहरु कसैसँग एकता गर्न नसक्ने स्पष्ट पारे ।

आफूहरुले प्रस्तुत गरेको ६ बुँदे आधारका अधिकांश बुँदालाई एमाओवादीले साथ दिनसक्ने उनको भनाइ थियो । तर, सबै विषयमा एमाओवादीले सहमति गरेमात्रै उसँग एकता गर्न सकिने अन्यथा तत्कालका लािग कार्यगत एकता गरेर अघि बढ्न सकिने वैद्यको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादीका नेता मातृका यादवले क्रान्तिकारी कम्युनिष्टहरुसँग कार्यगत एकता गर्न आफू तयार रहेको बताउनुभयो । यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले सच्चा कम्युनिष्टबीच एकताको विकल्प नरहेको बताउनुभयो ।


Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar