Headlines News :
fb
Home » » अख्तियारले भन्यो ‘कक्षा पिच्छे भर्ना शुल्क नलेउ’

अख्तियारले भन्यो ‘कक्षा पिच्छे भर्ना शुल्क नलेउ’

काठमाडौ, वैशाख २४ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीजि विद्यालयहरुको कक्षा पिच्छे भर्ना शुल्क लिने प्रवृत्ति रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
नीजि विद्यालयहरुले अभिभावकहरुको ढाड सेक्ने गरी आफुखुसी शुल्क निर्धारण गर्ने, वर्षेनी र कक्षा पिच्छे भर्ना शुल्क असुल गर्ने, भवन निर्माण तथा वार्षिक शुल्कको नाममा समेत रकम लिने गरेको उजुरी परेपछि अख्तियारले शिक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, शिक्षा विभागका महानिर्देशक लगायतलाई बोलाएर कडाई गर्न निर्देशन दिएको हो ।
शिक्षा विभागबाट जारी गरिएको संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका कडाईका साथ लागू गर्न र निर्देशिकामा भएका शुल्क सम्बन्धि व्यवस्थाका विषयमा सर्वसाधारण एवं सरोकारवालाहरुलाई सूचना तत्काल सम्प्रेषण गर्न पनि अख्तियारले निर्देशन दिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar