Headlines News :
fb
Home » » सभासद्लाई डोकामा ढुंगा बोकाउने अभियान

सभासद्लाई डोकामा ढुंगा बोकाउने अभियान

झापा : कनकाइ नदी संरक्षण अभियानमा झापाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सबै सभासद्लाई डोकामा ढुंगा बोकाइने भएको छ। बुधबार कनकाइ नदीकिनारमा पत्रकार भेटघाटको आयोजना गर्दै अभियानका संयोजक महेन्द्र गिरीले विकासको काममा लाग्न प्रेरित गर्ने उद्देश्यले सभासद्लाई डोकामा ढुंगा बोकाइने जानकारी दिए।


गिरीले भने, 'हामी उक्त अभियान
झापाबाट प्रतिनिधित्व गर्ने सबै सभासद्लाई डोकामा ढुंगा बोकाएर उद्घाटन गर्नेछौं।' समर्पण अभियान नाम दिइएको उक्त संरक्षण अभियानमा झापामा क्रियाशील ६३ वटा संस्था समावेश छन्। अभियान वैशाख २६ गते शुक्रबारबाट सुरु हुँदैछ। अभियानमा करिब पाँच हजार मानिस सहभागी हुने आयोजक संस्थाले दाबी गरेका छन्।

अभियानमा सहभागी हुन चाहनेले दुई हजार रुपैयाँ तिरेर सहभागिता जनाउने काम भइरहेको जानकारी संयोजक गिरीले दिए। उनले भने, 'पैसा कम हुने तर समाजमा केही गर्न खोज्नेलाई समावेश गराएर राम्रो काम गरेर देखाउने हाम्रो प्रयास हो।'

गिरीका अनुसार देश निर्माणका लागि सबैको हात एकै पटक लाग्यो भने सम्भव हुने यो कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रमअन्तर्गत कनकाइ नदीमा तटबन्ध, मलामी घर निर्माण, किरियापुत्री बस्ने घर निर्माण तथा सार्वजनिक शौचालय बनाइने भएको छ।

अभियानका सल्लाहकार झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले देश विकासमा जनता आफैं जुटे दिगो हुने बताए। उनले भने, 'हामीलाई बागमती सफाइ अभियानले पनि प्रेरणा दियो। पहिला बागमती ढलमती थियो अहिले सफा हुँदै गएको छ।'

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar