काठमाडौं, वैशाख २३ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुलाई तालिम दिने २२ वटा तालिम केन्द्रलाई कारबाही गरेको जनाएको छ ।
विभागले गैरकानुनी एवं नियम विपरित सञ्चालित ती तालिम केन्द्रहरुलाई १५ दिनदेखि पाँच महिनासम्म निलम्बन गरेको विभागका महानिर्देशक कृष्णहरी पुष्करले जानकारी दिए ।