Headlines News :
fb
Home » » अनुहारले शरीरको स्वास्थ्यको बारेमा बताउँछ

अनुहारले शरीरको स्वास्थ्यको बारेमा बताउँछ


भनिन्छ अनुहारले शरीरको अवस्थाबारे
जानकारी दिन्छ । मानिसले के सोच्दै छ, ऊ
खुसी छ या दुखि वा उसलाई
कस्तो प्रकारको समस्या भइराखेको छ भन्ने कुरा उसको अनुहारले
बताउँछ । त्यसैले अनुहारले सौन्दर्य मात्रैदेखाउँदैन
कि उसको शरीरको सम्पूर्ण अवस्थाको बारेमा बताउँदछ
। अनुहार मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण
भाग हो । यसले उसको भाग्य, उसको हाउभाउ तथा अन्य धेरै
कुरा बताउँछ । अनुहारमा आउने दागहरु, डन्डिफोर तथा अन्य
परिवर्तनले उसको शारीरिक
अवस्थाको पनि जानकारी दिइराखेको हुन्छ ।
अनुहारको विभिन्न भागमा आउने परिवर्तन तथा संकेतहरुले
शरीरको कुन भागमा के भइराखेको छ भन्ने
कुराको जानकारी दिन्छ ।

१) निधार :
निधारसँग शरीरको धेरै अंगहरु जोडिएको हुन्छ ।
जस्तै मुटु, मूत्र थैलि र सानो आन्द्रा । यसले निन्द्रा कम
भएको अथवा अत्यधिक थाकेको छ भने पनि त्यो कुरालाई प्रष्टै
देखाइदिन्छ । निधार रातो हुनु अथवा छाला फुटेर निस्कनुले
शरीरको पाचन प्रणालिमा खराबी छ भन्ने
कुरा जानकारी दिन्छ । यस्तो मानिसले तेल
बढी भएको खाना खान छोड्नु पर्छ र कन्तिमा ८
घण्टा सुत्ने गर्नु पर्छ ।

२) आँखि भौँ :
कलेजोको सिधा सम्बन्ध आँखि भौँसँग हुन्छ त्यसैले आँखि भौँलाई
कलिजोको ढोका पनि भनिन्छ । धेरै मादक पदार्थ तथा कुनै
पनि कुराको अत्यधिक सेवनको नतिजा यसमा पर्दछ । प्राचिन
चिनिया औषधि विज्ञानले रिसको सिधा सम्बन्ध कलेजोसँग हुन्छ
भन्ने मान्यता राख्दछ । त्यसैले यदि तपाई धेरै रिसाउनु हुन्छ भने
यसलाई शान्त पार्ने विधि पनि जानु पर्दछ । यदि तपाईको दाहिने
आँखि भौँ गाढा छ भने तपाईको रिस बाहिरी तवरबाट
बढी आउँदछ । ठिक यसको विपरित देब्रे
आँखि भौँ गाढा छ भने तपाईले आफ्नो रिसलाई बाँडेर राख्न
सक्नुहुन्छ ।

३) मुख :
मुखको सिधा सम्बन्ध पेटसँग हुन्छ ।
मुखमा पनि ओठको सम्बन्ध पेट र सानो आन्द्रासँग हुन्छ भने
त्यसका वरिपरिका भागहरु पेटमा हुने गढबढीसँग
सम्बन्ध राख्दछ । ओठको छाला बिग्रने, फुस्रो हुने, फुट्ने
तथा कलेटी पर्ने जस्ता लक्षणहरुले पेट
खराबी छ भन्ने कुरा बुझाउँछ । पेट सुन्निने, पेट
फुल्ने, बेला बेलामा दुख्ने, धेरै भोक लाग्ने वा लाग्दै नलाग्ने
जस्ताहरुको सिधा असर ओठमा पर्दछ । साथै गिजाबाट रगत आउने
लक्षण पेटमा एसिडको मात्रा बढेको भन्ने बुझाउँछ । त्यस्तै
सुख्खा ओठले शरीरमा पानीको मात्रा कम
छ भन्ने जानकारी दिन्छ ।

४) गाला :
गालामा हुने हल्का राता दागहरु
शरीरमा अक्सिजनको मात्रा कमि छ भन्नेको सूचक
हो । साथै श्वास प्रश्वास सम्बन्धि समस्यालाई पनि इङ्गित
गर्दछ । यस्तो व्यक्तिले लामो लामो श्वास फेर्ने गर्नुपर्छ ।
धुम्रपान गर्नेले धुम्रपान त्याग्नु पर्छ । यदि रातो धेरै भएर
चिलाउन थालेको छ भने कफि, अल्कोहल तथा कोला पिउन
छोड्नुपर्छ ।

५) चिँउडो :
चिँउडोको सम्बन्ध मृगौला र मूत्र थैलिसँग हुन्छ । साथै
शरीरमा हुने
हर्मोनको गढबढी पनि यहाँ देखिन्छ ।
चिँउडोमा ज्यादा कालोपना अथवा धब्बाहरु देखिन थालेको छ भने
यो बुझ्नुपर्छ कि मृगौलामा ज्यादा दवाव पुग्दैछ । त्यस्तै गरेर
अत्यधिक बोझ र चिन्ताको प्रभाव पनि चिँउडोमा पर्दछ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक
तथा शेयर गर्न नभुल्नुहोला !!
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar