क्वालालम्पुर , वैशाख १९ - मलेसियाको क्वालालम्पुरबाट दिउँसो २ बजे काठमाडौंका लागि उडेको नेपाल एअरलाइन्सको विमान करिब ४५ मिनेटको उडानपछि पुनः क्वालालम्पुर विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।
उडानमा प्राविधिक समस्या देखिएपछि आरए-४१६ बोइङ विमान आपतकालीन अवतरण गरिएको उडान कर्मचारीलाई उध्दृत गर्दै उक्त विमानमा सवार एक यात्रुले जानकारी दिए । 'अहिले हामी सबै यात्रु जहाजभित्रै छौं । कसैलाई पनि बाहिर निस्कन दिइएको छैन,' उक्त विमानमा सवार यात्रु प्रविन सापकोटाले भने, 'यसबारे उडान कर्मचारीले नि केही बताएका छैनन् ।'
हाल विमान क्वालालम्पुर विमानस्थलमा छ र सवार सबैयात्रु (५३ जना) सुरक्षित रहेको एअरलाइन्सका यहाँस्थित स्टेशनमा कार्यरत एक कर्मचारीले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार उक्त विमान ३ दिनअघि सिंगापुरमा मर्मत गरि क्वालालम्पुर ल्याइएको थियो ।
बिहान ८ बजे उडानका लागि निर्धारित समय भएपनि प्राविधिक खराबीका कारण दिउंसो २ बजे उडेको थियो