१९ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात परेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियामाथि ५ विकेटको सानदार जित हात पारेको हो । मलेसियाले दिएको एक सय ५० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले ३७ दशमलब ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि मेहबुब आलामले सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा कप्तान पारस खड्का ११ रन बनाएर पेभिलियन फर्केका थिए । यस्तै नरेश वुढाएरले ८ रन जोड्दा ओप्नर सुवास खकुरेल खाता नै नखोलि पेभिलियन फर्केका थिए । यसैगरी विनोद भण्डारी तथा सरद भेष्वाकर नटआउट क्रमश १३ र २९ रनको योगदान दिए । यसअघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ४९ रन जोडेको थियो । मलेसियाका लागि अनवर अरुद्दिनले सर्वाधिक ३४ रन बनाए ।
त्यसैगरी साफिक सारिफले २४, सुहारिल फेत्रीले २२ रन, इरफान जरवानी र काजियार हायातले समान १३/१३ रन बनाए । नेपालका लागि १० ओभर बलिङ गरेका सोमपाल कामीले नेपालका ४७ रन दिँदै ५ विकेट लिएका थिए । यसैगरी बसन्त रेग्मीले २, मेहबुब आमल, पारस खड्का र सागर पुनले समान १/१ विकेट लिए ।