२२ बैशाख, विराटनगर । माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिलाई मेसमा खानपिनको प्रबन्ध भएपनि ठूला नेताको खानपीनको व्यवस्था भने होटलमै मिलाइएको छ। अधिकांश नेताहरुले मेसमा खाएका छैनन्।मेसमा जिल्लाबाट आएका प्रतिनिधिले मात्र खाना खाइरहेका छन्। शीर्ष नेताहरू भने आफू बसेको होटेलमै खाना खाइरहेका छन्। ‘युद्धकालमा माओवादी नेता तथा कार्यकर्ता एकैठाउँ मेसको खाना खाने चलन थियो’ ,बैतडीबाट सम्मेलनमा भाग लिन आएका प्रतिनिधि रामनाथ गुरागाईंले भने, ‘ यो सम्मेलनमा भने शीर्षस्थ नेताले मेसको खाना खाएका छैनन।’ हेटौंडा महाधिवेशनमा नेता र कार्यकर्ताले सँगै खाना खाएको र त्यहाँको व्यवस्थापन चुस्त रहेको स्मरण गर्दै विराटनगरमा खाना खुवाउने प्रबन्ध सन्तोषप्रद नभएको गुरागाईंले गुनासो गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनले भने, ‘ महाधिवेशनमा स्वादिलो खाना थियो। कुपन लिएर खान खान गइन्थ्यो। यहाँ त्यस्तो रहेनछ।’ आइतबार बिहान खाजा खाएर ८ बजे बन्दसत्र हल वीरेन्द्र सभागृह छिरेका अध्यक्ष पुष्पकमल दाहालसहितका ठूलानेता खाना खान अपरान्ह १२ बजे होटेलतर्फ निस्किएका थिए। नेता बसेको होटेल स्वागतममै उनीहरूलाई खानाको व्यवस्था गरिएको थियो। स्वागतममा अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहितका नेता बसेका छन। उनीहरू त्यहीँ खाना खान्छन् । गत बैशाख १८ गते उद्घाटन भएको सम्मेलनमा १९ गते बिहानबाट विरेन्द्र सभागृहमै खानाको मेस सञ्चालित छ। त्यहाँ दैनिक दालभात, तरकारी अचारसहितको भोजन पाकिरहेको छ।
नेताहरुले पनि मेसमै खाना खाएको दाबी गर्दै एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भने, ‘मैलेचाहिँ नियमित रुपमा मेसमै खाना खाएको छु। अरू ककसले खायो खाएन भनेर हेर्न वा निगरानी गर्न चाहिँ भ्याएको छैन।’ तर, शर्माले भनेजस्तो नेताले मेसमा खाना नखाएको स्वयं प्रतिनिधिहरुले बताएका छन। अपरान्ह दिनहुँ नेताहरुको गाडीमा बसेर लावालस्कर लागेर खाना खान होटेल नै जाने गरेका छन्।