Headlines News :
fb
Home » » बीस राउण्ड फायरिङ पछि ट्रक समातियो, बन तस्कर भागे

बीस राउण्ड फायरिङ पछि ट्रक समातियो, बन तस्कर भागे

 रौतहट : जिल्ला बन कार्यालयका एक अधिकृतलाई शनिबार सॉँझ फोन आयो, चिरान काठ लोड गरेको ट्रक आज राती धन्सार जंगलबाट बाहिरिदै छ। त्यसपछि ती अधिकृतले सोही इलाका बनका कर्मचारीलाई सूचना नदिइ रंगपुर इलाकाका बन रक्षकहरूलाई साथमा लिएर ट्रक आउन सक्ने सम्भाव्य नाकामा गस्ति बढाए। राती करिब २ बजे सालको काठ चिरान भएको ट्र्र्रक बनबाट पूर्वपश्चिम राजमार्गमा निस्कियो। बनगस्ती टोलीले सो ट्रक रोक्न खोजे ट्रक तीव्र  गतीमा चन्द्रनिगापुरतर्फ हुँइकियो।

'तीनवटा मोटरसाइकलमा रहेका बन गस्ति टोलीले ट्रकलाई पछ्याउँदै गोली फायर गरे तर पनि ट्रक रोकिएन, फायरिङमा संलग्न एक सशस्त्र बन रक्षकले भने। चन्द्रनिगाहपुरमा आइपुगेपछि इलाका प्रहरी कार्यालयमा बनगस्ति टोलीले खबर गरे। सन्तपुर, डुमरीया , सिम्रा भवानीपुर चौकीका प्रहरीले समेत ट्रक रोक्न चासो नदिएको बन गस्ति टोलीको गुनासो छ। करिब २० किलोमिटर ट्रक भागेपछि गस्ति टोलीले ट्रकको पछाडीको टायरमा गोली हाने, त्यसपछि चालक ट्रक छोडेर भोगे। 'आइतवार बिहान सिम्राभवानीपुरमा करिब एकसय ५० क्युफिट सालको चिरान काठ लोड गरेको ट्रक बडो सकसका साथ यसरी बरामद गरियो, शसस्त्र बनरक्षक ममताज अहमदले घटना सुनाए।

इलाका बन कार्यालय धन्सारको बनबाट बाट ना २ ख ५४६१ नम्वरको ट्रक काठ लोड गरेर आउदै गरेको सुचना पाएपछि लमाहा जंगलदेखि ट्रक पछ्याउँदै जादा भवानीपुर काठ र ट्रक बरामद गर्न सफल भएको जिल्ला बन कार्यालय रौतहटका साहयक बन अधिकृत बिन्देश्वर यादवले बताए। सहायक बन अधिकृत यादवले भने, ' पूर्वपश्चिम राजमार्गमा ट्रक रोक्न खोज्दा रोकिएन पछि गोली फायर गर्दै जादा भवानीपुरमा ट्रक र काठ बरामद ग:यौ।' काठसहितको ट्रक नियन्त्रणमा ल्याउनका लागि बनगस्ति टोलीले २० राउण्ड गोली फायर गरेको थियो।

ट्रक चालक फरार भएका छन्। काठ तस्कर र ट्रक चालकको खोजी भइरहेको र बरामद गरिएको काठको अनुसन्धान भइहेको जिल्ला बन कार्यालय रौतहटले जनाएको छ। काचो सालको काठ तस्करले ३० वटा भन्दा बढी चिरान काठ ट्रकमा लोड गरेर लैजादै गरेका थिए।चिरान सहितको ट्रक बरामद भएपछि तस्करले बनभित्र काठ चिरान संचालन गरेको खुलासा भएको छ। धन्सर, गैडाटार इलाका बन क्षेत्रका केही महिना देखि बन भित्र व्यापाक रुख काटिएको र चिरान समेतहुने गरेको स्थानियले बताउँदै आए पनि बन कर्मचारीले चासो नदेखाएको स्थानियबासीको आरोप छ।

धन्सर इलाका र गैडाटार इलाका बन कार्यालयका अधिकृत र केहि बन कर्मचारी कै मिलेमतोमा काठ तस्करी हुने गरेको बताइएको छ। गएको वर्ष पनि सो इलाका बनक्षेत्र बाट काठ लोड गरेर लैजादै गरेको अवस्थामा दुइवटा ट्रक बरामद भएको थियो।जिल्ला बन कार्यालयमा काठ तस्करी गराउने र बन संरक्षण गर्ने दुइपक्षका कर्मचारी बिच बिवाद रहेको श्रोतले जनाएको छ। धन्सर र गैडाटार इलाका बनको भोलनटार, चिसापानी लगाएको बनक्षेत्रमा काचो काठ चिरेर छाडिएको काम नलाग्ने धेरै काठ रहेको स्थानियको भनाइ छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar