नेपाली सेनाले गुल्मी र मुस्ताङमा ९० किलोमिटर कडा चट्टानी भाग फुटाएपछि राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको ९५ प्रतिशत ट्रयाक खुलेको छ ।
म्याग्दीदेखि मुस्ताङखण्डको ७६ किलोमिटर र गुल्मीको रुद्रवेणी–हर्मिचौर–अर्वेनीखण्डको १४ किलोमिटर कडा चट्टानी भाग ब्लास्ट गरी सेनाले ट्रयाक खोलेको हो । पाल्पाको राम्दी–रानीघाटमा १२ किलोमिटर र बाग्लुङमा आठ किलोमिटर ट्रयाक खुल्न बाँकी छ ।
नवलपरासी ७५, पाल्पा ७८, गुल्मी ४४, बाग्लुङ ४९, म्याग्दी ८४ र मुस्ताङ एक सय १५ गरी जम्मा चार सय ३५ किलोमिटर पर्ने सडकको चार सय १५ किलोमिटर ट्रयाक खुलिसकेको उत्तरदक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग योजना बाग्लुङका डिभिजन इन्जिनियर सुजन अधिकारीले जानकारी दिए ।
कालीगण्डकी करिडोरमा हालसम्म ७७ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजना कार्यालयमार्फत १५ करोड २४ लाख खर्च भएको लेखाप्रमुख कुलप्रसाद उपाध्यायले बताए । नेपाली सेना कालीगण्डकी करिडोर निर्माण कार्यदलमार्फत गुल्मीमा १२ करोड र मुस्ताङमा ५३ करोड गरी ६५ करोड रुपैयाँ खर्च भएको कार्यदलका प्राविधिक सुवेदार शालिग्राम नेपालले जानकारी दिए ।
सेनाले म्याग्दीमा ७६ किलोमिटर र गुल्मीमा १४ किलोमिटर खनेको थियो । ट्रयाक खुलेपछि अधिकांश स्थानमा गाडी चल्न थालेका छन् । करिब १४ किलोमिटर पूरै पहाडी कडा चट्टान सेनाले ब्लास्टिङ गरेर सात मिटर चौडा सडक निर्माण गरेको हो ।