पारिश्रमिक र सुरक्षाको दृष्टिकोणले आकर्षक गन्तब्य मुलुक मानिने युरोपमा पुरुषभन्दा महिला कामदार बढी जान थालेका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार युरोप जाने कामदारको संख्यामा ६५ प्रतिशत महिला छन्।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार ८ सय ६५ नेपाली युवा रोजगारीका लागि युरोपका १३ मुलुक गएका छन्। ती मध्ये १ हजार १ सय ८५ महिला छन्। 'यो युरोप जाने नेपाली महिलाको छिट्पुट संख्यामात्र हो, अहिलेसम्म हुनेखाने परिवारका मात्र गइरहेका छन्,' वैदेशिक रोजगारविज्ञ गणेश गुरुङले भने,' युरोपमा भएका नातेदारले पठाएको भिसामा मात्र गएका छन्,व्यवसायी र सरकारले मार्केटिङ गरेर पठाएको होइनन्।' गत आवमा युरोप गएका ८ सय ८ मध्ये ५ सय ९ महिला थिए। आजको कारोबारमा खबर छ।