
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संसदको बैठक चाँडै नबसे अध्यादेशमार्फत ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिए । उनका अनुसार संसद अधिवेशन चाँडै सुरु भएमा संसदमै पेस गरिनेछ । उक्त ऐन विशेष गरी विदेशी पीआर लिएका निजामती कर्मचारीलाई कानुनी कारबाही गर्ने उद्देश्यले संशोधन गर्न लागिएको हो । संशोधनको मस्यौदामा पीआर लिएका कर्मचारीले ऐन जारी भएकेा एक महिनाभित्र आफूले लिएको पीआर लिएका कर्मचारीले ऐन जारी भएको एक महिनाभित्र आफूले लिएको पीआर फिर्ता गरेको प्रमाणसहित निवेदन दिएमा माफी पाउने व्यवस्था छ । मन्त्री पण्डितले भने, ‘पीआर लिएका कर्मचारीले एक महिनाभित्र गल्ती महसुस गरी फिर्ता गरेमा उनीहरुउपर कारबाही गरिनेछैन् ।’ करिब सात हजार कर्मचारीले विदेशी पीआर लिएको सरकारी अनुमान छ ।