Headlines News :
fb
Home » » अपराध नियन्त्रणका लागी गृहको विशेष अभियान

अपराध नियन्त्रणका लागी गृहको विशेष अभियान

१७ जेठ, काठमाडौँ । गृह मन्त्रालयले गुण्डागर्दी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने अभियानलाई देशभर प्रभावकारी रुपमा अघि बढाएको छ । मन्त्रालयले गुण्डागर्दी नियन्त्रण कार्ययोजना तयार गरी अभियानका रुपमा देशभर विशेष दस्तासमेत परिचालन गरेको छ । अपराध नियन्त्रणका लागी क्रस पेट्रोलिङ्, लङ्रेन्ज पेट्रोलिङ, अँधेरी गस्ती, ग्रामीण गस्तीलाई प्रभावकारी रुपमा लागू गरिएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले बताए ।
प्रवक्ता कोईरालाले उपत्यकाका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, सार्वजनिक सडक अतिक्रमण गर्ने फुटपाथे व्यवसायीलाई हटाउने तथा जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध गर्नेलाई कारबाही अभियान चलाइएको बताए । काठमाडौँ उपत्यकाका सबै नाकामा अपराधिक क्रियाकलाप हुन नदिन, अत्याधुनिक सिसीटिभी जडान गरी चेक जाँचको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
जथाभावी गरीने पाकिङ्ग नियन्त्रणका लागी ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकासँग समन्वयन गरी पाकिङ्ग गरिएका साधनहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाहीको लागि ट्राफिक प्रहरी महाशाखा पठाउने गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । जथाभावी सवारी साधन पाकिङ्ग विरुद्धको अभियान सञ्चालन गरिएको विगत तीन महिना भित्रमा नियम उल्लंघन गने दुई करोड ३४ लाख १४ हजार राजश्व संकलन गरीउएको पनि मन्त्रालयले जनाएको छ । राजधानीका फुटपाथ ब्यापार हटाईयो
गृह मन्त्रालयले राजधानीका फुटपाथ अनधिकृत रुपमा कब्जा गरी व्यापार व्यवसाय गर्न नदिने भएको छ । फुटपाथ कब्जा गर्नेहरुलाई महानगरपालिका, नगरपालिका, गा.वि.स. कार्यालय तथा ट्राफिक प्रहरीसँग समन्वय गरी विभीन्न १० स्थानमा फुटपाथ खाली गरीएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार कालिमाटी, सुन्धारा, न्यूरोड, खुल्लामञ्च, रत्नपार्क, गोंगवू, बौद्ध, कोटेश्वर र कलंकी एरियाका सबै फुटपाथ हटाइएको छ । वैकल्पिक व्यवस्थाका लागि सरोकारवाला निकायको टोलीले उपयुक्त स्थानको छनौटका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।
Share this article :
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar