'असार २४ पछि पनि एमालेमै बस्नुपर्छ भन्ने सम्झिनुस'

प्रतिस्पर्धा गरौं, असार २४ पछि पनि यहि पार्टीमा बस्ने हो ।
आरोप प्रत्यारोप नगरौं ।’ उर्जामन्त्री भएका बेला लोकप्रिय काम गरेर युवा पंक्तिमा स्थापित नेता बिष्टले कम्युनिस्ट पार्टीमा मन मिल्दा जे पनि ठिक र मन नमिल्दा सास पनि गन्हाउने रोग रहेको भन्दै एमालेमा अब यस्तो संस्कार हटाउनुपर्ने बताए । विष्ट बोल्नुअघि केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले ‘दक्षिणतिर लभ परेका नेता केपी ओली होइन, नेपाली जनतासँग लभ परेका माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने बताएका थिए । अन्य केही नेताले पनि ओलीप्रति लक्षित गर्दै गणतन्त्र विरोधी नेता भनेपछि बिष्टले सबै नेताप्रति शिष्टता कायम राख्न आग्रह गरेका हुन् । अर्का नेता घनश्याम भुषालले पनि व्यक्तिभन्दा बिचारको बहस गर्नुपर्ने बताए ।