काठमाडौं, वैशाख ३० – संविधान नबन्दासम्म एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराई विदेश भ्रमणमा नजाने हुनुभएको छ ।
चीनबाट फर्के लगत्तै भट्टराईले संविधान नबन्दासम्म विदेश भ्रमणमा नजाने बताएको भट्टराईको निजी सचिवालयले जनाएको छ । सभाषदहरु विदेश भ्रमण गएकोमा चर्को आलोचना भए लगत्तै भट्टराईले यस्तो बताउनुभएको हो ।
‘संविधान सभाबाट संविधान नबन्दासम्म आजको मितिबाट लागू हुने गरी विदेश भ्रमणमा जान्नँ ।’ भट्टराईको भनाई उधृत गर्दै सचिवालयले भनेको छ ।