
आगलागीका कारण हालसम्म एक दर्जन पशु चौपाया जलेर मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु नगरपालिको एउटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।
उक्त स्थानमा पानीको स्रोत नभएकोले आगलागी नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ । उक्त गाउँमा पक्की र कच्ची गरेर ६५ देखि ७० घर रहेका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।