Headlines News :
fb
Home » » इजरायलमा मृत भेटिएकी धना गुरुङको मृत्यु अपराधिक तवरले नभएको पुष्टी

इजरायलमा मृत भेटिएकी धना गुरुङको मृत्यु अपराधिक तवरले नभएको पुष्टी

इजरायल केही साता अघि रोजगारदाताको घरमै मृत अवस्थामा फेला विगत ५ बर्षदेखि इजरायलको रकोवोतमा कार्यरत  धना गुरुङको  मृत्यु कुनै अपराधिक तवरले नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको नेपाली राजदूतावासका मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले बताउनुभएको छ । इजरायल प्रहरीले  आज नेपाली राजदूतावासलाई उपलव्ध गराएको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन अनुसार मृतक धना गुरुङको  मृत्यु कुनै अपराधिक तवरले  नभएको पुष्टी गरेको हो ।

इजरायल प्रहरीले उपलव्ध गराएको रिपोर्टमा भनिएको छ - " ACCORDING TO THE INVESTIGATOR, THE DEATH ON 11.04.2014 OF NEPALESE FEMALE NATIONAL, GURUNG F/N DHANA, DOB: 22.08.1984, IS NOT CONSIDERED TO BE AS A RESULT OF A CRIMINAL ACT. BOTH FROM THE EXAMINATION OF THE SCENE WHERE THE BODY WAS FOUND AND FROM AN EXAMINATION OF THE CADAVER, THE INVESTIGATOR HAS INFORMED THIS OFFICE THAT THERE DOES NOT APPEAR TO BE ANY SUSPICIOUS CIRCUMSTANCES RELATING TO THE DEATH OF MS. GURUNG."

रिपोर्टमा दोहोरो रुपमा गरिएको अनुसन्धानमा मृतकको शरिर भेटिदाको अवस्था र शवको परिक्षण पश्चात मृत्यु कुनै  शंकास्पद अपराधिक तवरले नभएको  वताइएको छ ।त्यस्तै पोस्टमार्टमको पूर्ण रिपोर्ट आगामी २ देखि ३ महिना भित्रमा मृतकको परिवारलाई उपलव्ध गराउने जानकारी पाएको  नेपाली राजदूतावास श्रोतले नेपाल इजरायल डट नेटलाई जानकारी गराएको छ  ।

मृतक धना गुरुङको मृत्युको  खवर  सार्वजनिक भएपश्चात्  घटना  प्राकृतिक तवरले घटेको  या  अपराधिक तवरले घटेको हो भन्ने विषयलाई लिएर  इजरायलवासी नेपालीहरू ससंकित बनेका थिए भने इन्टरनेट सामाजिक संजाल  फेसवुकमा समेत विभिन्न किसिमका तर्क वितर्कहरुका साथ प्रस्तूत भएका  थिए ।  हाल मृतकको अनुसन्धानको प्रारम्भिक रिपोर्ट  मृतकको परिवारलाई उपलव्ध गराइसकिएको नेपाली राजदूतावासले बताएको छ । दूतावासले केही दिनमै शव  नेपाल पठाउने तयारी गरिरहेको दूतावासले वताएको छ  ।

त्यस्तै मृतक धना गुरुङको निजी सर सामानहरु मृतकको परिवारले इच्छाएको व्यक्तीलाई वुझाउनको निम्ती नेपाल राजदूतावासले इजरायल प्रहरीसँग समन्वय गरिरहेको पनि दूतावासले बताएको छ । त्यस्तै मृतक गुरुङले रोजगारजातावाट पाउनुपर्ने हरहिसावको बारेमा पनि नेपाली राजदूतावासले निजको एजेन्सीसँग समवन्वय गरी सम्पूर्ण हरहिसाव गरिसकेको र सम्वन्धित व्यक्तीको वैंक खाता उपलव्ध हुनासाथ शो रकम ट्रान्सफर गर्ने सम्वन्धमा पनि टुंगो लागिसकेको बताइएको छ ।
श्रोत नेपाल इजरायल डट नेट
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar