Headlines News :
fb
Home » » डिभीको नतिजामा गडबडी, दोहोर्याएर हेर्न दूतावासको आग्रह

डिभीको नतिजामा गडबडी, दोहोर्याएर हेर्न दूतावासको आग्रह

२२ बैशाख, काठमाडौं । अमेरिका जानका लागि भरिएको डिभी चिट्ठा कार्यक्रम २०१५ को नतिजामा गडबडी भएको जनाउँदै नेपालस्थित अमेरिकन दूताबासले नतिजा दोहोर्याएर हेर्न आग्रह गरेको छ। वेबसाइटमा देखिएको प्राबिधिक समस्याका कारणा परिणाममा तलमाथि भएको हुनसक्ने भएकाले नतिजा पुनः एक पटक दोहोर्याएर हेर्न दूतावासले आग्रह गरेको हो । ‘१ मे ०१४ मा सार्वजनिक गरिएको चिठ्ठा कार्यक्रमको नतिजा वेबसाइटमा देखिएको प्राविधिक समस्याले गलत सूचना पनि पाउनुभएको हुनसक्छ’ अमेरिकी दूतावासले भनेको छ, ‘डिभी चिठ्ठा कार्यक्रममा तपाइँ छानिएक भए नभएको पक्का गर्न पुनः एक पटक नतिजाबारे जाँच गर्नोस् ।’

अमेरिका जान चाहनेहरूका लागि सञ्चालित चिठ्ठा कार्यक्रमको नतिजा १ मेमा सार्वजनिक गरिएको थियो । डिभी चिठ्ठाको नतिजा डिभीलटरी डट स्टेट डट जिओभी सार्वजनिक गरिपछि धेरै प्रयोगकर्ताले वेबसाइट खोलेकाले प्राविधिक समस्या भर्इ परिणाममा फरक पर्न सक्ने दूतावासको अनुमान छ । दूतावासले डिभी चिठ्ठाको फर्म भर्ने क्रममा दिइएको पत्रमा उल्लेखित कन्फरमेशन नम्बर हराएकाहरुलाई पनि परिणामबारे जानकारी लिन दूतावासले भनेको छ । फर्म भर्दा राखिएका सूचना भरेर डिभीको परिणाम जान्न सकिने दूतावासले जनाएको छ । 



Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar