टोकियो, बैशाख २२ – जापानको राजधानी टोकियोमा सोमबार बिहानै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६ रेक्टर स्केल मापन गरिएको र ठूलै क्षतिको अनुमान गरिएको समाचारमा जनाइएको छ । सो भूकम्पबाट १७ जना व्यक्ति घाइते भएका प्रारम्भिक समाचारमा जनाइएको छ ।
तर अधिकारीहरुले भूकम्पको कारण सुनामी चेतावनी भने दिएका छैनन् । जापानी मौसमविदहरुले टोकियोमा सोमबार गएको भूकम्पका कारण सुनामीको कुनै खतरा मापन नगरिएको जनाएका छन् । मध्य टोकियोको दक्षिणपश्चिम इजु ओसिमा द्वीपनजिकै स्थानीयसमयानुसार सोमबार बिहान ५ः१८ बजे ६ रेक्टर स्केलको भूकम्प गएको जापानी मौसमविज्ञान विभागले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण सस्थाले उक्त भूकम्प ५.८ रेक्टर स्केलको भएको र राजधानी टोकियोदेखि ९८ किलोमिटर टाढा १५५ किलोमिटर गहिराईमा केन्द्रबिन्दु रहेको जनाएको छ । सो भूकमपको राजधानी टोकियोमा शक्तिशाली कम्पन महसुश गरिएको र जापानी मौसम विज्ञान विभागले आगामी केही दिनसम्म पुनः भूकम्प आउन सक्ने समेत अनुमान गरेको छ । भूकम्पको कारण रेल सेवा आफै बन्द हुन पुगेको भएपनि केही समय पछि पुनः सुचारु भएको समेत बताइएको छ ।
जापानको उत्तरपूर्वी क्षेत्रहरुमा सन् २०११ को मार्च महिनामा ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पपछि आएको भिषण सुनामीका कारण १८ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैले त्यसयता जापानमा भूकम्प पछि सुनामीको खतराको त्रास रहने गरेको छ ।