अधिकांश मानिसका लागि कपालमा चायाँ आउने समस्या टाउको दुखाइको विषय बनेको पाइन्छ। सोही कारण चायाँ हटाउन उनीहरू जति पनि पैसा खर्च गर्न तयार हुने गर्छन्। तर, हामी घरमै भएका सामग्री प्रयोग गरेर पनि सजिलै कपालको चायाँ हटाउन सक्छौं। यसे गर्दा थोरै समय र पैसा पनि धेरै लाग्दैन। त्यसका लागि हामीले निम्न उपाय अपनाउनुपर्छ :
- चायाँ हटाउन एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने।
- कपालमा नियमित रूपले नरिवलको शुद्ध तेल लगाउने र बास्ना आउने खालका अन्य तेल प्रयोग नगर्ने।
- अमला र रिट्ठालाई समान तरिकाले मिलाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने अनि नुहाउनुभन्दा एक घन्टाअगाडि सधैं कागतीको रसले टाउको मालिस गर्ने।
- आफूले प्रयोग गरेको सामग्री काइँयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने।
- कपाललाई धूलो र अत्यधिक घामबाट बचाउने, बाहिर हिँड्दा टाउको छोप्दा कपाल सुरक्षित हुन्छ र चायाँ पर्नबाट जोगिन्छ।