Headlines News :
fb
Home » » प्रहरीमा बिस्तारै अर्को खरेलको सुरुवात; जागिर छोड्न तयार छु कसैको दबाबमा आउदिन

प्रहरीमा बिस्तारै अर्को खरेलको सुरुवात; जागिर छोड्न तयार छु कसैको दबाबमा आउदिन

बैशाख २४, काठमाडौ । भारतबाट नेपाल ल्याइएको डिजेल आयल निगमको डिपोमा नपुर्याई बिचबाटैमा चोरेर खाडलमा लुकाउन सहयोग गरेको आशंकामा रुपन्देही प्रहरीले आयल निगमका पक्राउ गरेका दुईजना कर्मचारीलाई जिल्ला अदालत रुपन्देहीले थप अनुसन्धानका लागि दुई दिनको म्याद थपी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

प्रहरीले तेलको मापदण्ड नाप्ने आयाल निगम अधिकृत स्तरका कर्मचारी रविन्द्रकुमार राउत र दीपेन्द्र बस्नेतलाई आइतबार निगमको क्षेत्रीय कार्यालय भलवारीबाटै अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । दवैजनालाई पक्राउ परेका ट्यांकरका चालक र सहचालकको बयानका आधरमा प्रहरीले पक्राउ गरेको थियो ।
स्रोतका अनुसार पक्राउ परेका राउत र बस्नेतले आफ्नो गल्ती प्रहरी सोधपुछमा स्वीकार गरेका छन् । प्रहरीले आधिकारिक रुपमा राउत र बस्नेतसगँ बयान नलिएपनि नियन्त्रणमा लिएपछि सोधपुछको क्रममा प्रहरीसमक्ष उनीहरुले आफनो गल्ती स्वीकारेका हुन् ।

भारतबाट इण्डियन आयल निगमले ट्यांकरमा लगाएको सिल बिचबाटोमा तोडिए पनि आफुहरुले उक्त ट्यांकरमा भएको तेल स्वीकार गर्ने गरेको प्रहरी सोधपुछमा राउत र बस्नेतले बताएको प्रहरी स्रोतले अनलाइनखबरलाई जनाएको छ । स्रोतका अनुसार २ जना कर्मचारीहरु बाहेक तेल चोरीमा निगमका अन्य कर्मचारीहरुको समेत संग्लनता रहेको प्रहरीले आशंका गरेको छ ।

घटना लगत्तै फरार भएका डिजल माफिया भनिएका पडसरी १ का विनोद उप्रेती, रामचन्द्र अधिकारी र मधवलीया ३ का विक्की भन्ने विकास क्षेत्री, पूर्वमन्त्री दानबहादुर चौधरीका छोरा लप्पु चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ बुटवलका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठ, अध्यक्ष राकेशकुमार कशौधन, बरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे र निवर्तमान अध्यक्ष हरिबहादुर कुँवरका नाममा शुक्रबारै पक्राउ पुर्जी जारि गरिए पनि उनीहरु अहिले सम्म फरार रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापाले बताए ।

त्यसैगरी बुटवल २ का दयाशंकर यादव, तौलिहावाका वृजेन्द्र कुमारी चौधरी, प्रेमराज गैरेको, बुटवल ८ कि प्रिती जयसवाल, पिंकी कलवार जयसवाल, राजेश कुमार अग्रवाल, पशुपतिनाथ कशौधन, रुद्र शर्मा, बुटवल मिलनचोकका श्रवणकुमार श्रेष्ठ, पप्पु कुमार कशौधन पनि सम्पर्कमा नआएको प्रहरी उपरीक्षक थापाले बताए ।

उनले भने फरार आरोपीहरुलाई पक्राउ गर्न हामीले २ वटा प्रहरी टोली खटाएका छौ र उनीहरुको खोजीकार्य तिव्ररुपमा जारी छ ।

जनतासँग गद्दारी गदिँन : एसपी थापा
एसपी थापा भन्छन्- “जागिर छोडिदन तयार छु , तर कसैको दबावमा यो विक्रमसिंह थापा आउने छैन ।” उनले भने-”म, मेरो परिवार र जनताले तिरेको करबाट किनिएको तेलमा भएको लुटलाई छुट दिएर म कुनै पनि हालतमा पनि जनतासँग गद्दारी गर्न सक्दिँन । जुन थालमा खायो त्यही थालमा प्वाल पार्न सक्दिँन ।” - अनलाइनखबर 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar