पर्वत, बैशाख २१ गते ।
सामान्यत एउटी गर्भवति महिला र प्रसव पीडाको अनुभुति आमा बनिसकेकी महिलालाई मात्र थाहा हुन्छ । दश-दश महिना कोखमा राखेर यो बच्चाको जन्म दिने आमाले आज त्यो पीडा सायद बिर्सिसकेको हुनुपर्दछ । ति निर्दयी आमा को हुन ? यो बच्ची मरेपछि फ्याँकिएको हो या जिउँदै फ्याँकिएको हो पहिचान हुन सकेको छैन । झण्डै आठ÷दश दिन अघि फालिएको अन्दाजी आठ-दश महिनाकै बच्चीको शव कालिगण्डकीको तिरमा फेला परेको छ । त्यो बच्चाको शव कहाँ र कस्ले फ्याँकेको हो सत्य तथ्य खुल्न सकेको छैन । मोदीवेणी दिव्य धाम स्थित कालिगण्डकी तिरमा फेला परेको उक्त शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।
पहिचान हुन नसकेको उक्त शवलाई कानुनी प्रक्रियाका लागि घटना स्थलको मुचुल्का तयारी गरी पोष्टमार्टका लागि जिल्ला असपताल पर्वतमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उक्त बच्चीको शव कस्ले र कहाँबाट फालिएको हो भन्ने बारेमा घटनाको अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक जगतबन्धु पोख्रेलले जनाएका छन । बाल मृत्युदरलाई कम गर्ने निकायलाई समेत यो घटनाले स्तब्ध तुल्याउनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । कालिगडकी तिरमा फालिएको यो बच्चाको शवलाई कस्ले र कहाँबाट फालिएको हो ति निर्दयी आमालाई फेला पारी कार्वाहीको दायरामा ल्याउन सक्ने हो भने यस्ता घटनाको निरुत्साहित गर्न सकिने थियो ।
यो शवको प्रकृति हेर्दा छोरी भएकै कारण मृत्युको सजायँ दिएको हुनुपर्ने अनुमान गर्न सकिन्छ । यो बच्चा कालगतिले मरेको भए गाउँलेको रोहोवरमा अन्त्येष्टि गरिने थियो । तर, नदीको तिरमा भेटिएको हुँदा हत्या गरेको आशंका गर्न सकिन्छ ।