चितवन, जेष्ठ ५ । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले देशमा नयाँ संविधान जारी भएपछि मदन भण्डारी हत्याको रहस्य पत्ता लगाइ छाड्ने बताएकी छन् । भरतपुर विमानस्थलमा आज उनले २०५० साल यता देशको परिस्थिति नै बद्लिएकोले घटना अनुसन्धानमा समस्या भएको भन्दै संविधान जारी भएलगत्तै घटनाको सत्यतथ्य बाहिर ल्याउने बताइन् ।अर्को एक प्रसंगमा उनले पार्टीमा पुर्याएको योगदानको आधारमा संसदीय दलका नेता केपी शर्मा ओली नै एमालेको अध्यक्ष बन्ने दाबी पनि गरिन् ।
