Headlines News :
fb
Home » » घर कब्जा गरी माओवादीले खोलेको कार्यालय प्रहरीले हटायो

घर कब्जा गरी माओवादीले खोलेको कार्यालय प्रहरीले हटायो



संखुवासभा, जेष्ठ ४ - कब्जा गरिएको घरमा नेकपा-माओबादीले झण्डा गाडेर कार्यालय स्थापना गरेपछि प्रहरीले बन्द गरिदिएका छन् । वाना १ का एक सर्वसाधारणको घर कब्जा गरेर कार्यालय स्थापना गरेपछि प्रहरीले माओबादीको झण्डा र साईनबोर्ड निकालेको हो ।

ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक बिनोद निरौलाको नेतृत्वमा गएको प्रहरीको टोलीले शनिबार चेतनाथ रेग्मीको घरबाट माओबादीको साईन बोर्ड र उनीहरुले गाडेको झण्डा निकालेका हुन् । एकसाता अघि माओबादीले रेग्मीको घरमा झण्डा गाडी एरिया न ७ को कार्यालय स्थापना गरेका थिए ।

उनीहरुले वाना-१ को चेतनाथ, कृष्णाकुमारी, काशीराज, रेवतीरमण, भुवनीप्रसाद रेग्मीको घरजग्गा र खेत गरी सयौरोपनी कब्जा गरेर आम्दानी उठाउँदै आएको प्रहरी प्रमुख डीएसपी पवनकुमार गिरीले बताए ।

'घर हेरचाहका लागि राखेका राजन कार्कीलाई निकालेर ईलाका कार्यालय खोलेका रहेछन्, स्थानीयबासिन्दाबाटै बिरोध भएपछि हामीले माओबादीको इलाका कार्यालयको साईन बोर्ड र झण्डा निकालेर फालिदिएका हौ', उनले भने, 'घरहेरचाहका लागि राखिएका राजनजीलाई घरमै फर्काएका छौ ।'

केही महिना अघि माओबादीले रेग्मी परिवारको खेतको धान उठाउन जाँदा पनि प्रहरीले उनीहरुलाई लखेटेका थिए । 'माओवादीले २०५८ सालदेखि रेग्मी परिवारको घरजग्गा कब्जा गरी आम्दानी लिदै आएका रहेछन्', डीएसपी गिरीले भने, '१३ बर्षपछि चेतनाथ र उनका पत्नी कृष्णाकुमारीले प्रशासनमा उजुरी दिएपछि माओबादीलाई धान लैजान दिएनौ ।'

माओबादीको झण्डा र कार्यालयको साईनबोड प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेको छ । २०५८ सालदेखि माओवादीले वाना-१ र ३ मा रहेको बारीखेतको आम्दानी कब्जा गर्दै आएको रेग्मी परिवारले बतायो ।

माओबादीद्वारा बिरोध

प्रहरीले नेकपा-माओबादीको ७ न एरियाको झण्डा र साईनबोर्ड निकालेले पछि उनीहरुले बिरोध जनाएका छन् । शनिबार बिज्ञप्ती जारी गरेर माओबादीले प्रहरीको कार्य शैलीको बिरोध जनाएको हो ।

प्रहरी प्रशासनले मोही किसानलाई बारम्बार प्रहरी परिचालन गरेर आतंकित पार्ने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।

माओबादीले कब्जा गरेको संखुवासभा वाना १ का चेतनाथ रेग्मीको घरमा खोलेको कार्यालय शनिबार हटाउदै प्रहरी ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar