Headlines News :
fb
Home » , » विदेशमा रहेका ज्वाइँलाई झिकाइदिनुपर्‍यो सरकार !

विदेशमा रहेका ज्वाइँलाई झिकाइदिनुपर्‍यो सरकार !

काठमाडौं, वैशाख २६ – सरकारले सञ्चालन गरेको हेलो सरकारमा विभिन्न खाले गुनासा, उजुरी र आग्रह आउने गर्छन् ।
अरुको लागि नौलो र अचम्म लागेपनि भोग्नेका लागि साँच्चै समस्या परेका यस्ता उजुरी धेरैथरी हुन्छन् । चैतमा पनि यस्तै खालका धेरै उजुरी प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँसकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार चैतमा प्राप्त भएका उजुरी यस्ता छन् :
विदेशमा रोजगारीमा रहेका ज्वाइँलाई निजको  परिवार विरामी भएकाले तुरुन्त झिकाई दिनुपर्‍यो । बेरोजगार भत्ताको व्यवस्था होस् । प्रदुषण गर्ने उद्योगको अनुगमन गरियोस् ।
बझाङको कडेल गाविसमा विद्युत सेवा विस्तारित होस् । करार कर्मचारीलाई पनि स्थायी कर्मचारी सरहको सुविधा दिईयोस् । मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा खर्च लेखिएको छ, भ्रष्टाचारमा कारबाही होस् । सडक विस्तारको काममा सरकार र ठेकेदार जिम्मेवार हुनु पर्‍यो, जनतालाई दुःख दिनु भएन । खुला सडकमा खाद्यान्न बिक्री गर्न रोक लगाइयोस् ।
सरकारी अनुदान लिएर पनि वबधशाला निर्माण नगर्ने उपर कारवाही होस् । भूमाफियाको विगविगी रोकियोस् । सडक निर्माण भए पनि पूल निर्माण नहुने पद्दतिमा सुधार होस् ।
सचिव बाँसकोटाका अनुसार चैतमा ४१ वटा गुनासो स्वयं हेलो सरकार कक्षले संवोधन गरेको थियो । यसमध्ये इन्द्रायणी, काठमाडौंको डेड भएको ल्यानलाईन टेलिफोन सुचारु गर्न लगाएको, गोठाटार भक्तपुरका गाविस सचिवलाई तोकिएको अवधिभर अनिवार्यरुपमा कार्यालयमा वस्न लगाएको, गौरीधारा, काठमाडौंमा विद्युत मर्मतको काम सम्पन्न गर्न लगाई सेवा सुचारु गराउन लगाएको, रुपन्देहीका अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता नियमितरुपमा बैंक खातामा जम्मा गर्न लगाएको, वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीलाई दिएको राहदानी फिर्ता नदिएकोमा हेलो सरकारको पहलमा फिर्ता दिन लगाईएको छ ।
यसैगरी कीर्तिपुर–बल्खुसम्मको दुर्गन्धित ढल सफा गर्न लगाइएको, गौशालामा ढल फुटेर पैदल यात्रालाई हिडन् पनि असजिलो भएकोमा सो पोल हटाउन लगाएको, सिन्धुपाल्चोकको खाडीचौरमा दुर्घटना भइ पिडित पक्षले राजमार्ग अवरोध गराएकोमा प्रजिअको पहलमा राजमार्ग खुलाएको, कम्पनी रजिष्ट्रारको कार्यालयवाट समयमै फर्म दर्ता गर्न लगाएका जस्ता उपलब्धि हासिल भएको उहाँले दावी गर्नुभयो ।
२०६८ कात्तिक १७ गते स्थापना भएको हेलो सरकारमा चैत्र मसान्तसम्ममा २९ हजार सातसय सात वटा उजुरी प्राप्त भएकोमा २८ हजार ८ सय ५१ वटा फर्छ्यौट भएको र  फर्छ्यौट दर ९७ प्रतिशत कायम रहेको पनि बाँस्कोटाले बताउनुभयो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar