धनगढी, बैशाख २४ गते ।
कैलाली कारागारमा कैदको सजाय भुक्तान गरिरहेकी धनगढी नगरपालिका–१२ जुगेडा गाउँकी जुनु भन्ने जुगु चिरालले हिजो दिउँसो कारागारभित्रै आत्महत्या गरेकी छन् ।
कारागारभित्रको महिला कक्षको झ्यालमा कोही नभएको मौका छोपी आफ्नै दोपट्टाले पासो लगाई चिरालले दिउँसो आत्महत्या गरेको कारागार शाखाका जेलर हेमराज भट्टले बताउनुभयो ।
चोरी मुद्दामा गत चैतदेखि कैद सजाय भुक्तान गरिरहेकी चिरालका श्रीमान् भारतमा रहेको बताइएको छ । जिल्ला अदालतले उनलाई एक महिना कैद र करिब रु ३० हजार जरिवानाको फैसला गएको चैत २३ गते सुनाएको थियो । ती महिलाले कारागारका कर्मचारी र अन्य कैदी बन्दीसँग आफूलाई भूत लाग्यो भन्दै झारफुक समेत गराउने गरेको बताइएको छ ।
एक सय पच्चीसजना अटाउने क्षमताको उक्त कारागारमा हाल ३३३ जना कैदीबन्दी रहेको जेलर भट्टले बताउनुभयो । रासस