नेपालको तेस्रो जित
२२ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको नेपालले वर्षातले प्रभावित भएपछि डीएल मेथोडका आधारमा ३८ ओभरमा छोट्याइएको खेलमा १ सय ४४ रनको लक्ष्य पाएको थियो । नेपालले पाएको नयाँ लक्ष्य ३ विकेटको क्षतिमा ३४ दशमलब १ ओभरमा भेट्टाएको हो। नेपालका लागि जित दिलाउने क्रममा पारस खड्काले कप्तानी पारी खेले ।
उनले ५२ बलको सामना गर्दै ४३ रन जोडी नट आउट रहे । त्यसैगरी नरेश बुढाऐरले ८६ बलको सामना गर्दै ४१ रन बनाउन सफल भए । कप्तान पारस खड्कासँग साझेदारी गर्दै नट आउट रहेका शरद भेसवाकरले ३३ बल खेल्दै १९ रन बटुले । त्यसैगरी ज्ञानेन्द्र मल्लले १० बल खेल्दै १५ रन जोडे ।