हालसालै भएको एक अनुसन्धानले नियमित सेक्स गर्नाले अनुहारमा चमक ल्याउने देखाएको छ । अनुसन्धानकर्ताहरुले नियमित सेक्सले मानिसलाई युवा देखिन सहयोग गर्ने पनि दाबी गरेका छन् । अनुसन्धान स्कटल्याण्डस्थित रोयल एडिनबर्ग अस्पतालका अनुसन्धानकर्ताहरुले गरेका हुन् । उनीहरुले युवा देखिनका लागि कुनै कृतिम श्रृङ्गार भन्दापनि सेक्स गर्नु आवश्यक रहेको दावी गरेको डेली मेलले जनाएको छ ।
समाचारका अनुसार सातामा कम्तिमा तिन पटक सेक्स गर्ने हो भने पुरुषको उमेर उसको वास्तविक उमेरको तुलनामा कम देखिन्छ । डाक्टरहरुका अनुसार सेक्स गर्नुलाई कसरत संग तुलना गर्दै यसले अनुहारमा चमक ल्याउने र शरीरको सम्पूर्ण मांसपेशीमा कसिलोपन सिर्जना गर्ने जनाएका छन् । उनीहरुले यस विषयमा केही महत्वपूर्ण कुराहरु समेत सार्वजनिक गरेका छन् ।
त्यो हो–प्रेमपूर्ण आलिङ्गन, चुम्बन, एकनिष्ठ सेक्स अर्थात मात्र श्रीमतीसँग सेक्स गरे मात्र आशा गरेअनुसारको नतिजा प्राप्त हुन्छ । किनकि पुर्व तयारी नगरी साथै हतार हतारमा लुकिछिपी गरिने सेक्सले फाइदा गर्दैन, बरु यसले यौन रोगको खतरा निम्त्याउँछ । साथै लुकिछिपी गरिने सेक्सबाट मानिसको मानसिक वा शारीरिक स्वास्थ्यमा नराम्रो असर पार्दछ । परिणमतः बुढो हुने प्रक्रियामा तिब्रता आउने गर्दछ । त्यसैले भयमुक्त सेक्स क्रिया हुनु आवश्यक छ । त्यसका लागि श्रीमतीसँग मात्र सेक्स गर्नु उचित छ । - एजेन्सीको सहयोगमा