Headlines News :
fb
Home » , » लक्ष्मीपुर हुँदै तम्घास आजदेखि रेसुङ्गा नगर पालिका

लक्ष्मीपुर हुँदै तम्घास आजदेखि रेसुङ्गा नगर पालिका


  • आफ्नो गाविस नगरपालिका बनेपछि स्थानिय हर्षित



गुल्मी,बैशाख२५–पञ्चायती व्यवस्थाको झण्डै डेढ दशक सम्म लक्ष्मीपुर गाउँ पञ्चायत रहेको तम्घास गाउँ विकास समित आजदेखि रेसुङ्गा नगरपालिका घोषणा भएको छ । आज वसेको मन्त्री परिषदको बैठकले ७२ वटा नगरपालिका घोषणा सूचीमा रेसुङ्गा नगरपालिकामा परेको हो । तम्घास बिहिबारदेखि नगपालिका बनेपछि यहाँका स्थानियबासी हर्षित भएका छन् ।

तम्घासका निबर्तमान गाविस अध्यक्ष भुवन प्रसाद श्रेष्ठले तम्घास रेसुङ्गा नगर पालिका घोषणा भएको जानकारी गराउँदै खुशी ब्यक्त गरे । उनले भने,‘१० वर्षअघि नै हुनु पर्ने हो तर ढिलै भए पनि आज घोषणा भएकोमा आनन्दको अनुभुती भएको छ ।’ तम्घास गाउँ पञ्चायतका प्रथम प्रधानपञ्च नरप्रसाद श्रेष्ठले पनि तम्घास नगरपालिकामा परेकोमा खुशी व्यक्त गरे । ‘निकै खुशीको कुरा सुनाउनु भयो । यो सुन्दा मलाई निकै नै हर्षको अनुभुति भएको छ । ’

आजदेखि रेसुङ्गा नगरपालिका बनेको यसमा सिमीचौर गाविसमा १२ सय २३ घरधुरी छन् । जहाँको जनसंख्या ५ हजार १ सय ६३ जना रहेको छ । त्यसमा महिला २ हजार १ सय ६२ र पुरुष ३ हजार १ रहेका छन् । सिमीचौर गाविसको क्षेत्रफल २०.०२ वर्ग कि.मी. रहेको छ । तम्घास गाविसमा ४ हजार १ सय ७५ घरधुरीबाट १४ हजार ८ सय ४५ जन संख्या रहेका छन् । त्यसमा पुरुष ७ हजार १५ र महिला ७ हजार ८ सय ३० रहेका छन् । क्षेत्रफल १०.०६ वर्ग कि.मी. रहेको छ । अर्खले गाविसमा १४ सय ३९ घरधुरी रहेका छन् । जसमा ६ हजार ७६ जन संख्या रहेका छन् । 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar