Headlines News :
fb
Home » , » संसारकै अग्ली बेहुली, जो आमा बन्न सक्दिनन्

संसारकै अग्ली बेहुली, जो आमा बन्न सक्दिनन्

ब्राजिलकी सबैभन्दा अग्लो युवती छिट्टै विश्वको सबैभन्दा अग्ली बेहुली बन्दैछिन् । ६ फिट ८ इन्च उचाई भएकी मोडल एलिस्ने डे क्रुज सिल्वा पछिल्लो तीन वर्षदेखि फ्रांकिनाल्डोसँग प्रेममा छिन् । उनको उचाई भने ५ फिट ४ इन्च छ । उनीहरुको हाइटमा १ फिट ४ इन्च फरक छ तर, दुई प्रेममा डुबेका छन् र हाइटको कुनै मतलब छैन । आगामी २९ मार्चमा उनीहरु बैबाहिक बन्धनमा बाँधिदैछन् । उनी भन्छिन्, ‘मैले धेरै पटक मसँग प्रेम नगर भनेको थिएँ ।

तर, मलाई नै थाहा छैन । कसरी मलाई मनाए ।’ उनका प्रेमीले भने आफूलाई अग्लो युवती मन पर्ने बताए । ‘उनी अरु भन्दा फरक छिन् र म उनलाई खुसी राख्नसक्छु ।’ उनले भने । एलिस्ने र उनका प्रेमी एक वर्षदेखि ब्राजिलको सैलिनपोलिसमा एकसाथ बस्दै आएका छन् । एस्लिने अहिले १८ वर्षकी भएकी छिन् तर, उनी आमा बन्न सक्दिनन् । उनी जिग्यान्टिजमबाट पीडित छिन् । उनी धर्मसन्तान राख्न तयार छिन् । ब्रालिजका सञ्चार माध्यमहरुका अनुसार पिट्युटरी ग्लाण्डमा ट्युमरका कारण उनको लम्बाई असामान्य रुपमा बढेको हो ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar