Headlines News :
fb
Home » » नेपाली श्रमिकले इजरायल जान पाउने |

नेपाली श्रमिकले इजरायल जान पाउने |

२५ बैशाख, काठमाडौ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले दुई वर्षदेखि बन्द भएको नेपाली श्रमिकलाई इजरायल लैजाने प्रक्रिया शीघ्र खुलाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेपछि रासससँग सङ्क्षिप्त कुरा गर्दै राजदूत गोडेरले नेपाली कामदारलाई चाँडोभन्दा चाँडो आफ्नो मुलुक पठाउन आफू क्रियाशील रहेको जानकारी दिनुभयो ।

“बन्द रहेको श्रमिक आपूर्ति खुलाउन इजरायल सरकार सकारात्मक छ, त्यस दिशामा आवश्यक गृहकार्य पनि भइरहेको छ”, नेपालीहरूको आकर्षक श्रम गन्तव्य आफ्नो मुलुकमा नेपालीलाई चाँडै अवसर मिल्नेमा आफू आशावादी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।

कृषि प्रविधि तथा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको प्रगतिबारे जेहेनदार नेपाली विद्यार्थीलाई ‘सिक र कमाऊ’ कार्यक्रमअन्तर्गत यो वर्ष ३६० जनालाई इजरायल पठाउने प्रक्रिया आगामी सातादेखि सुरु हुने उहाँले बताउनुभयो ।

एकदिन पढ्ने र छ दिन काम गर्ने उक्त कार्यक्रमअन्तर्गत प्रशिक्षार्थीहरूलाई मासिक रु एक लाखभन्दा बढी पारिश्रमिक दिइनेछ । इजरायल सरकारले गत वर्ष सोही कार्यक्रमअन्तर्गत २०५ जना प्रशिक्षार्थीलाई अवसर प्रदान गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायीहरूले इजरायल सरकारले निर्धारण गरेको भन्दा अधिक रकम लिएर नेपाली श्रमिकलाई ठगेको भन्दै वैदेशिक रोजगार व्यवसायीमार्फत कामदार लिन दुई वर्षअघि बन्द गरेको थियो ।

मन्त्रीसँगको भेटवार्तामा नेपाल–इजरायल सम्बन्धमा साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचारविमर्श भएको राजदूत गोडेरले जानकारी दिनुभयो । रासस (श्रोत नेपाली हेडलाइन)

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar