१४ बैशाख, काठमाडौं । राजधानीको कीर्तिपुरमा आयोजना गरिएको नेकपा-माओवादीको काठमाडौं जिल्ला सम्मेलन भाँडिएपछि प्रतिनिधिहरु आ-आफ्नो घर फर्किएका छन् । सम्मेलनमा महासचिव रामबहादुर थापा बादल र सचिव नेत्रविक्रम चन्द विप्लव पक्षका कार्यकर्तावीच विवाद हुँदा शनिबार कुर्सी हानाहान भएको थियो । सम्मेलन भाँडिएर प्रतिनिधिहरु लाखा-पाखा लागेपछि आइतबार विप्लव पक्ष र बादल पक्षका नेतावीच समस्या समाधानका लागि वार्ता आयोजना गरिएको एक नेताले अनलाइनखबरलाई बताए । सम्मेलनमा ९९ सदस्यीय जिल्ला कमिटी गठनका लागि पम्फा भुसालले तयार पारेको प्यानलमा नाम नपर्नेहरुले भाँडभैलो गरेका थिए । भाँडभैलो गर्नेमा विप्लव पक्षका कार्यकर्ता रहेको बुझिएको छ । आइतबार साँझसम्म दुईपक्षीय नेतावीच छलफल भएको माओवादी नेताले जानकारी दिए ।
fb